झापा, चैत, ३० गते। झापाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान आफ्नै घरको विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो।
शनिबार बिहान ११ बजे घरको पानी तान्ने मोटरमा समस्या आएपछि मर्मत गर्नेक्रममा करेन्ट लागेर विश्वकर्मा घाइते हुनुभएको थियो।
उपचारका लागि विर्तासिटी अस्पताल लगिएकोमा उपचारका क्रममा विश्वकर्माको मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।