• ३१ चैत २०८१, आइतबार

लोकतान्त्रिक जनजाति महासङ्घमा गुरुङ चयन

blog

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ ताप्लेजुङको नयॉ कार्यसमिति ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३० गते । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ ताप्लेजुङको अध्यक्षमा दुर्गाप्रसाद गुरुङ चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न महासङ्घको दोस्रो जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपध्यक्षमा अर्जुन आङ्बुहाङ र अनिता हेल्लोक, सचिवमा पदम राई, उपसचिवमा अस्मित लिबाङ र लाक्पा शेर्पा तथा कोषाध्यक्षमा मङ्गलसिंह थलङ चयन भएको छ । एमालेका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य टङ्क आङ्बुहाङ, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रीय सचिव कृष्णराज लिम्बू, एमाले प्रदेश कमिटी सदस्य एवम् पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ लगायतको उपस्थिति रहेको थियो।