विष्णुप्रसाद पोखरेल
दमक, चैत ३० गते । झापामा खेल्ने क्रममा पोखरीमा डुबेर शुक्रबार साँझ एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकामा डा न. ३ बस्ने लोक बहादुर तामाङको छोरा ९ वर्षीय कृष्ण तामाङको बाह्दशी गाउँपालिका वडा नं. २ किरात टोल नजिकको पोखरीमा डुबेर मृत्यु भएको हो ।
आफ्नी आमा सिया लामाले छोरालाई आफ्नो माइती घर अर्थात् बालकको मावल लिएर जानुभएको थियो । स्थानीय कृष्ण तामाङ घर देखी ५० मिटर पूर्व पोखरीको डिलमा दिउसो ३ बजेतिर खेल्ने क्रममा डुबेर घाइते भएपछि बालक तामाङलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उपचारको क्रममा साँझ ५ बजेतिरको समयमा बालकको मृत्यु भएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।