• ६ वैशाख २०८२, शनिबार

विद्यालयलाई निःशुल्क कम्प्युटर प्रदान

blog

प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराई विद्यालयकी प्रधानाध्यापकलाई कम्प्युटर हस्तान्तरण गर्नुहुँदै । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, चैत २९ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाको एक विद्यालयलाई निःशुल्क रुपमा कम्प्युटर उपलब्ध गराइएको छ । फुङलिङ नगरपालिका ७ स्थित दोखुको दीपज्योति आधारभूत विद्यालयलाई एक थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको हो ।

शुक्रबार एक कार्यक्रमबीच प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईले विद्यालयलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नु भएको हो । प्रतिनिधिसभा सदस्य भट्टराईले प्रधानाध्यापक सिता निरौला र व्यवस्थापन समिति अध्यक्ष गुञ्जमान गुरुङलाई हस्तान्तरण गर्नुभएको छ । हिमालय लाइन्स क्लब अफ काठमाडौँ सिद्धार्थ प्यालेसले उपलब्ध गराएको एक लाख रकम बराबरको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको बताइएको छ । 

हस्तान्तरण गदै नेकपा एमालेका सचिव समेत रहनु भएका भट्टराईले ताप्लेजुङका विभिन्न विद्यालयलाई भौतिक संरचना निर्माणमा विभिन्न विद्यालयले सहयोग गरि रहेको उल्लेख गर्नुभयो । सांसद भट्टराईले  युडब्लु एसले जिल्लाका विभिन्न ७ वटा विद्यालयको भवन निर्माणमा सहयोग गरेकोमा धन्यवाद प्रदान गदै विद्यालयको भवन निर्माण पछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको समेत दाबी गर्नुभयो । 

दीपज्योति आधारभूत विद्यालयको जग्गादाता, विभिन्न रुपमा सहयोग गर्नेहरूलाई सम्मान समेत गरिएको थियो ।