अनिल पराजुली
हेटौँडा, चैत २९ गते । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ८ः४० बजे मकवानपुरगढी गाउँपालिका–५ सिमलटारका ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको करेन्ट लागेर मृत्यु भएको हो ।
घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते हुनुभएका तिमल्सिनाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
तिमल्सिनाको शव हेटौँडा अस्पतालमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।