• १९ चैत २०८१, मङ्गलबार

मधेश मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमनः दुई जना पक्राउ

blog

सिराहा,  चैत १७ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गर्नुभएको छ ।

 अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ ।  सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।

यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस सिल गरिएको हो । रासस