• २८ फागुन २०८१, बुधबार

छैन होलीको व्यापार (फोटो फिचर)

blog

होलीका लागि लुगा किन्दै ग्राहक । तस्बिर : केशब गुरुङ

काठमाडौँ, फागुन २७ गते । रङ्गहरूको पर्व होली नजिकिँदै छ । सद्भाव, सौन्दर्य र रस रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानोठुलो र धनीगरिबबिचको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गीने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो ।

‘होलीले मेरो रङ्गायो नयाँ चोली...’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समय सन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन् ।

बजारमा होलीका लागि ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट बिक्रीमा राखेको छ । गत वर्षहरूमा जस्तो होलीका सामान बिक्री नभएको व्यापारीहरू बताउछन् ।

हामीले अहिले बेच्न राखेका सामग्री गत वर्षकै हुन् । पहिले जस्तोे खरिद बिक्री नभएपछि पहिलेकै सामान बेच्न राखेको काठमाडौँको पचली गल्लिका होलसेल व्यापारीले बताए । पहिले पहिले होलीमा प्रयोग गरिने सामग्री धेरै माग थियो, तर यो वर्ष व्यापार नभएको उनिहरूको गुनासो छ । बजारमा छिटपुट मात्र सामन किन्न आउने गरेको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।