भरतपुर समाचारदाता
चितवन, फागुन २४ गते । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्न आउने बिरामी र आफन्तले उपचारमा हुने ढिलाइ र बिरामीप्रति गरिने व्यवहारले पीडाबोध हुने गरेको गुनासो गरेका छन् ।
अन्तर्राट्रिय श्रमिक महिला दिवस (मार्च ८) को सन्दर्भ पारेर शुव्रmबार आयोजना गरेको बिरामी र आफन्तसँंगको अन्तव्रिर्mयामा यस्तो गुनासो गर्नुभएको हो । गुल्मीबाट आमाको मुखको क्यान्सर उपचार गर्न अस्पताल आउनुभएकी राधिका पाण्डेले आज आज भन्दै एक महिनापछि मात्र शल्यव्रिmयाको पालो पाएको बताउनुभयो । त्यो अवधिमा चार पटकसम्म अपरेसन भनेर गाउन लगाउँदै, फर्काउँदै गरेको गुनासो उहाँको छ । अस्पतालको बसाइमा सरसफाइ गर्ने कामदारसमेतको व्यवहार रुखो रहेको उहाँले बताउनुभयो ।
त्यसै गरी डोटीका जीवन धामी आफूलाई अस्पताल मन्दिर जस्तो लाग्ने गरे पनि अस्पतालमा पाएको दुःखले त्यसो होइन रहेछ भन्ने लागेको बताउनुभयो । उहाँले आन्द्रामा भएकोे क्यान्सरको उपचारका लागि कान्छी आमालाई लिएर अस्पताल आएको बताउनुभयो । सरकारले गरेको बिमा नाम मात्रको भएको गुनासो गर्दै बिमा रकमले पाइने औषधी एक दुई सय रुपियाँको हुने तर महँगो औषधी बाहिर किन्नुपर्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो ।
सुनसरीबाट श्रीमतीको उपचार गर्न आउनुभएको रामेश्वर चौधरीले पैसा र पहुँच नहुनेहरूको उपचार पनि नहुने अवस्था सिर्जना हुने गरेको गुनासो गर्नुभयो । कहाँ जाने कसलाई भन्ने विषय थाहा नहुनेहरू पालो कुर्दै बस्नुपर्ने पहुँच हुनेले कुनै पालो कुर्नु नपर्ने यस्तो अवस्था हटाउनुपर्ने उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “एकै पटक, एकै किसिमको जाँचका लागि दिएको ल्याब रिपोर्ट पनि पहुँच हुनेको तुरुन्तै आउने तर नहुनेले कुर्दै बस्नुपर्ने देखियो । यो बेथिति कहिलेसम्म ?” उहाँले प्रश्न गर्नुभयो ।
पर्साको गढीकी मन्दिरा दाहाल श्रीमान्को उपचार गर्न आएको बताउनुुभयो । भारतका विभिन्न अस्पतालमा भौँतिरिँदै क्यान्सर अस्पताल आएको पैसाको अभावले उपचारमा समस्या रहेको उहाँको गुनासो थियो । चितवन जिल्लामा क्रियाशील सामाजिक सङ्घ संस्था र सरोकारवालाको सहभागितामा आयोजना गरिएको अन्तव्रिर्mया र फलफूल वितरण कार्यक्रममा अस्पतालमा उपचाररत दुई सय जनाभन्दा बढी बिरामीलाई फलफूल र नरिवलपानी पनि वितरण गरिएको थियो ।
फलफूल वितरण गर्दैगर्दा आदर्श नारी विकास केन्द्रकी संस्थापक तथा आदर्श गृह नेपालका अध्यक्ष मीना खरेलले अस्पतालभित्रको बेथितिलाई चिर्न अधिकारकर्मी र सामाजिक अभियन्ताको ध्यान अस्पतालमा परेको बताउनुभयो ।
नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष एवं उक्त अस्पतालका चिकित्सक अनिलविक्रम कार्कीले अस्पतालमा प्राविधिकभन्दा बढी अन्य विधाका कर्मचारी हावी भएको, राजनीतिक प्रभाव बढी रहेको, चिकित्सकको भन्दा होटेलवाला र एजेन्टको कुरामा विश्वास गर्ने परिपाटी जस्ता चुनौती रहेको स्वीकार गर्नुभयो ।