काठमाडौँ, फागुन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोनले केपी ओली कप फुटबलको सोमबार साँझ उद्घाटन गर्नुभएको छ ।
दशरथ रङ्गशालामा जारी प्रतियोगिताको फाइनलमा अहिले साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा भईरहेको छ । पहिलो हाफमा मच्छिन्द्रले १–० गोलको अग्रता लिएको छ ।