• २० फागुन २०८१, मङ्गलबार

अग्नि पीडितलाई राहत

blog

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अग्नि पीडिततलाई राहत वितरण गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, फागुन १९ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ हमुनाम चाेकमा भएको आगलागीबाट पीडित भएका परिवारलाई राहत वितरण गरेको छ । 

आइतबार साँझ लागेको आगोले चार परिवारको पाँच वटा घर जलेर नष्ट भएपछि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद सहितको टोलीले तत्काल एक महिना पुग्ने खाद्यान, त्रिपाल, कपडा र भाडाकुडा राहत उपलब्ध गराएको हो ।

स्थानीय शिक्षक प्रदीप मेहताले दिनुभएको जानकारी अनुसार भोक्राहा नर्सिङ ६ स्थित उराँव टोलमा आगलगी हुदाँ बन्धु उराँव, बुधराम उराँव, गोपाल उराँव र सवो उराव लगायतको चार परिवारको घर पूर्णरूपमा जलेर नष्ट भएकाले गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।