• ७ वैशाख २०८२, आइतबार

फोनिज गोरखाको अध्यक्षमा बराम

blog

फोनिज गोरखाको नवनिर्वाचित समिति । तस्बिरः गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, फागुन १८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गोरखाको अध्यक्षमा मेलिना बराम सर्बसम्मत निर्बाचित हुनुभएको छ । आइतबार फोनिज गोरखाको सदरमुकाम गोरखामा सम्पन्न चौथो अधिबेशनबाट अध्यक्षमा बराम निर्बाचित हुनुभएको हो । 

नौ सदस्यीय समितिको उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिब सङ्गिता चेपाङ, सहसचिव बीबर गुरुङ, कोषाध्यक्षमा सञ्जित आलेमगर निर्बिरोध निर्बाचित हुनुभयो ।  अधिबेशनबाट सदस्य पदमा च्यान्टु तमाङ, प्रतिक्षा आलेमगर, छिरिङ फुञ्जो लामा र प्रेम घले निर्बाचित हुनुभएको छ । 

फोनिजको संघीय प्रतिनिधी दिपक श्रेष्ठ, कैलाश बाबु श्रेष्ठ र प्रदेश प्रतिनिधिमा छिरिङ दोर्जे लामा, आत्मराम श्रेष्ठ र प्रतिक्षा आले चयन  हुनु भएको छ । 

अधिबेशनमा नेपाल पत्रकार महासंघ गोरखाका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकाल, आदिबासी जनजाति महासंघ गोरखाका अध्यक्ष बिष्णु राना, नेपाल पत्रकार महासंघ गोरखाका पूर्ब अध्यक्ष किशोरजङ्ग थापा, पूर्ब अध्यक्ष कैलाशबाबु श्रेष्ठ, पूर्ब अध्यक्ष भिमलाल श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिब दिपक श्रेष्ठ लगायतले मन्त्वय राख्नु भएको नब निर्बाचित अध्यक्ष बरामले जानकारी दिनुभयो ।