• १५ फागुन २०८१, बिहिबार

बुद्धिचालमा सिएम शुश्रुत, प्रकाश र धिरेनको अग्रता

blog

चाल चल्दै शुश्रुत दहाल ।

काठमाडौँ, फागुन १५ गते । प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा शीर्षखेलाडी सिएम शुश्रुत दहाल, प्रकाशचन्द्र नेपाल र धिरेन राईले अग्रता लिनुभएको छ ।

पाँचौँ चरणको खेलसँगै तीनै जनाको समान ४.४ अङ्क छ । विराटनगरस्थित मारवाडी सेवा सदनको सभाकक्षमा सञ्चालित कडा स्पर्धामा नौ जना राष्ट्रिय खेलाडीले समान ४.४ अङ्क रहेको छ । 

जसमा हिमाल राई, इमेश नेपाल, राजन सुवेदी, प्रज्वल घिमिरे, राजेन्द्र राई, आयान श्रेष्ठ, रिसोन थापा, तिर्थराज सुब्बा र मिशन दहालले शीर्ष खेलाडीलाई पछ्याउनुभएको छ ।

झापा जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा चलेको बुद्धिचाल खेलमा ३.५ अङ्क बनाएर पाँच जना खेलाडीले उपाधिको सम्भावना कायम राखेका छन् ।