काठमाडौँ, फागुन १५ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुल र म्यानचेस्टर सिटीले जित निकाल्दा अर्को बलियो टोली आर्सनल नटिङ्घम फरेस्टसँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा शीर्षटोली लिभरपुलले न्युक्यासल युनाइटेडलाई २–० गोलले हरायो । लिभरपुलको जितमा डोमोनिक स्जोबोस्जलाइले ११ओँ र एलेक्सिस म्याक एलिस्टरले ६३औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको लिभरपुलले २८ खेलबाट ६७ अङ्क बनाएको छ ।
दोस्रो स्थानमा रहेको आर्सनलको ५४ अङ्क छ । एक खेल कम खेलेको आर्सनल बुधबार राति नटिङ्घमसँग गोलरहित बराबरीमा रोकिएको थियो । अर्को खेलमा सिटीले टोट्टनहाम हट्सपरलाई उसैको मैदानमा १–० गोलले हराएको छ । सिटीको जितमा अर्लिङ हालान्डले १२औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।
उहाँले दोस्रो हाफको अतिरिक्त समयमा गोललाई भिएआरको सहायतामा मान्यता दिइएन । जितसँगै ४७ अङ्क बनाएको सिटी चौथो स्थानमा छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनलाई ३–२ गोलले पराजित गरेको छ । एजेन्सी