गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १३ गते । पहिलो पटक उच्च उचाईमा क्योकुशिन–सेईसिन कराते प्रतियोगिता आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डको लागि प्रमाण दर्ता गरिएको छ ।
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघ तथा दोलखा उद्योग बाणिज्य सङ्घको समन्वयमा भएको हो यस प्रतियोगिता विश्व ईतिहासमा ३४०० मिटरमा पहिलो पटक आयोजना भएको आयोजकले दाबी गरेको छ ।
सो प्रतियोगितामा पुरुष खुला तौल समूहमा शिवबहादुर भुजेल र महिला खुल्लामा सपना ऐडीले स्वर्ण जित्नुभएको छ । पुरुषतर्फ सुलभ माझी द्वितीय, अभय राउत र रविन्द्र लुहार तृतीय हुनुभयो । महिलातर्फ सुस्मा तामाङ द्वितीय, उषा रावल र मनिता राई तृतीय र कृष्टि खड्का उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
प्रतियोगितामा शिहान अशोक कुमार श्रेष्ठले सबैभन्दा लामो ५४ स्टेपको शुशिहो काँता प्रदर्शन गर्नुभयो । कालिन्चोक गाउँपालिकाको वडा सदस्य मैना तामाङको उपस्थितिमा दोलखास्थित कालिन्चोकको कुरीमा प्रतियोगिता भएको थियो ।