• १३ फागुन २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

blog

तस्बिरः अमिर मैया रञ्जित

गोरखापत्र समाचारदाता

काठमाडौं, फागुन १३ गते । २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपालभाषा परिषद्ले मातृभाषा कविता वाचन कार्यक्रमको आयोजना गरेको छ ।

मातृभाषा उत्थानको लागि संघर्ष गर्नुभएका नेपाल भाषाका कविशिरोमणि चित्तधर हृदयको निवास हाल नेपालभाषा परिषद्ले परिचित भवनमा तामाङ भाषा, मैथिलीभाषा, भोजपपुरीभाषा र नेपालभाषाका कविन्द्र लाल प्रधान, अमिर मैया रञ्जित, दिब्या ताम्राकारलगायत २३ जना कविले मातृभाषामा कविता वाचन गर्नुभएको हो ।

परिषद्का मंगला कारंजितको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागका कु्लपति विमल निभाले मातृभाषा विकासको लागि प्रतिष्ठानको तर्फबाट सबै स्थानीय भाषासँग सहकार्य गर्ने बताउनुभयो ।

देशको सबै भाषाको सम्मान गर्नुपर्छ । भाषिक अधिकारको लागि सबै स्थानीय भाषाको जर्गेना गर्नुपर्छ भन्दै नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषाका प्राज्ञ त्रैलोक्यमान बनेपालीले उपत्यकाका तीन वटै भाषा पनि फरक फरक रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी वरिष्ठ साहित्यकार पुष्प चित्रकारले कवितामा हुनुपर्ने तत्वको बारे बताउँदै वाचित कविताहरु र अन्य वरिष्ठ कविहरु प्रतिसरा सायमि, शाक्य सुरेनलगायतको रचनाबारे टिकाटिप्पणी गर्नुभयो ।