कोकिला ढकाल
इलाम, फागुन १२ गते । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न र फारम भर्न अब सूूर्योदय नगरपालिकाका नागरिकले सदरमुकाम धाउनुु पर्ने बाध्यता हटेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी स्टेसन स्थापना गर्नेगरी राष्ट्रिय परिचयपत्रको फोटो खिचाउन र फारम भर्न सूूर्योदय नगरपालिकालाई अनुमति दिएको हो ।
जिल्लामा पहिलो पटक सदरमुकामबाट राष्ट्रिय परिचयपत्रको सेवा पालिकामा पुुगेको हो । विभागका महानिर्देशक युवराज कट्टेलसँग परिचयपत्रका लागि अस्थायी स्टेसन स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुुभयो ।
‘फागुन महिनाभित्र राष्ट्रिय परिचयपत्रका लागि फारम भर्ने, फोटो खिच्ने र आएका कार्ड वितरण गर्ने समझदारी पत्रमा छ’ नगरप्रमुख राईले भन्नुुभयो, ‘लामो समयको प्रयासपछि सूूर्योदयले आफ्ना नागरिकलाई यो सेवा दिन तयारी गरेको छ, नगरवासीले अब सदरमुुकाम धाउनुुपर्ने बाध्यता हटेको छ ।’
अहिले जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा हुँदा सर्वसाधारणले दिनहुँ लाइन बसेर कुर्नुपर्ने झन्झट थियो । प्रशासनबाट दैनिक सय जनाले परिचयपत्रका लागि फाराम भर्ने गरेको कार्यालयले जनाएको छ । माथिबाट तयार भएर आएका कार्ड लिनेको सङ्ख्या दैनिक ३० जना रहेको बताइएको छ ।
प्रशासनमा गत मङ्सिरसम्ममा फाराम भरेका २६ हजार जनाको परिचयपत्र कार्यालयमा आइसकेको र १० हजारजति वितरण भइसकेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुुभयो । प्रजिअ श्रेष्ठका अनुसार फाराम भरेर बायोमेट्रिक गरेपछि तत्काल सेवाग्राहीले परिचयपत्र नम्बर पाउने र कार्ड नआउञ्जेल त्यही नम्बरले विभिन्न सरकारी काम गर्न मिल्ने गरेको छ ।