• १२ फागुन २०८१, सोमबार

महिलालाई धूप बनाउने तालिम

blog

धूप बनाउने तालिममा सहभागी फिदिम –७ का महिला र तालिमका क्रममा उत्पादित धप । तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, फागुन १२ गते । पाँचथरका फिदिम नगरपालिका –७ नम्बर वडाले महिलाका लागि धूप बनाउने चार दिने तालिम सञ्चालन गरेको छ ।यहाँका महिलाको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले तालिम दिइएको वडाध्यक्ष रुपेन्द्र तामाङले बताउनुभयो ।

तामाङका अनुसार महिलाई वडा कार्यालयको आर्थिक सहयोग र सीप विकास तालिम सञ्चालन केन्द्र फिदिमको आयोजनामा वनस्पतियुक्त बाटेको धूप बनाउने तालिम सञ्चालन गरिएको हो ।

आइतबार सम्पन्न तालिममा वडाका विभिन्न टोल र समुदायको प्रतिनिधित्व गर्दै १८ जना महिला सहभागी भएका थिए । तालिम समापन समारोहमा वडाध्यक्ष तामाङसँगै वडा सदस्य बलबहादुर राई र भीमाकुमारी दुलाल बाँस्कोटासँगै प्रशिक्षक लक्ष्मी नेम्वाङले तालिममा सिकेको सीप व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो ।