• ११ फागुन २०८१, आइतबार

वाङ्मयको ऐतिहासिक धरोहर

blog

निर्माण हुँदाहुँदै पुराना कार्यसमितिको कमजोरीका कारण एक्कासि अलपत्र परी रोकिएको भवन निर्माण सम्पन्न गर्नु छ । एउटा महत्वपूर्ण उपलब्धि झन्डै एक दशकदेखि हुन नसकेको लेखा परीक्षण कार्र्य निवर्तमान सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिले गर्न सकेको छ, यो गौरवको विषय हो यस्ता थुपै्र अप्ठ्यारासित जुध्दै अघि बढ्नु छ ।

उत्पादनका हिसाबले शैक्षिक जस्तो देखिए पनि नेपाली वाङ्मयको पहिलो प्रकाशन संस्था साझा प्रकाशन मुलुकको विद्यमान कानुन अनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत पर्छ । राणाकालदेखि नै आफूलाई सव्रिmय बनाएको यो ऐतिहासिक संस्थाले मुलुकमा गणतन्त्रको प्रादुर्भाव नहुँदासम्म नेपाल तथा नेपालबाहिरका समग्र नेपाली वाङ्मयसेवीलाई प्रत्यक्ष रूपमा प्रकाशनको मञ्च दिलाएको हो । उमेरको गन्ती गर्दा आजका दिनमा लगभग ६० वर्षको वरिपरि रहेका अधिकांश साहित्यकारलाई प्रकाशनको माध्यमबाट सार्वजनिक गरेको साझा प्रकाशनले नै हो भन्दा अत्युक्ति नहोला । 

यस्तो ऐतिहासिक विरासत बोकेको संस्था विक्रमसम्वदको साठीको दशकको मध्यदेखि ओरालो लाग्न पुगेको हो । लामो समयदेखि यसको बाँच्ने आधार रहेको सरकार नियन्त्रित संस्था जनक शिक्षा सामग्री केन्द्रको विद्यालय तहका प्रकाशनको बिव्रmीवितरणको कार्य एक्कासि रोक्किँदा साझा थला पर्न पुगेको हो । अझ कक्षा ११ र १२ को पाठ्यव्रmममा रहेका साझा प्रकाशनले निकालेका प्रकाशनहरू सबैको नेपाली, लिङ्क इङ्ग्लिस परिवर्तन भई तिनका ठाउँमा सिफारिस गरिएका पुस्तकहरू साझाबाट खोसिएर जनक शिक्षा सामग्री केन्द्रमा पुगे भने तिनको बिव्रmीवितरणसम्मको अधिकार साझाले पाउन सकेन । राज्य मातहतको संस्था रहेका कारण निजी प्रकाशन संस्था झैँ अस्वस्थ प्रतिस्पर्धा गर्न साझाले पटक्कै सुहाउँदैन र गर्न पनि सक्दैन । यस्तो बेलामा राज्यको ठुलो लगानीमा थप लेखकको सेयर रकमबाट चलेको संस्थाले अर्काे राज्यमातहतको संस्थाको भरथेग नपाएपछि उठ्न र टिक्न औधि गाह्रो पर्छ । यो मामिलामा शिक्षा मन्त्रालय र त्यहाँका पदाधिकारी तथा कर्मचारीतन्त्र कहिल्यै गम्भीर भएनन्, जसका कारण लेखक कलाकारको अति प्रिय संस्था रुग्ण हुन पुग्यो । वास्तवमा भौतिक र अचल सम्पत्तिका हिसाबले साझा गरिब पटक्कै छैन । काठमाडौँ उपत्यकाको अति सुगम स्थानलगायत मुलुकका थुप्रै अन्य सुगम भूभागमा यसका प्रशस्त जग्गाजमिन र भौतिक संरचना छन् । यति हुँदाहुँदै पनि राज्यको बागडोर समाल्नेहरूको अदूरदर्शी नीति, कमिसनमुखी सरकारी कर्मचारीतन्त्र, सरकारी हस्तक्षेप र दूषित राजनीतीकरणका कारण यसको नियमित आय सुक्न गई संस्था सञ्चालनका बाधा आउन थालेको हो । 

राज्यका सम्बन्धित निकायसित परिआउँदा भिड्नेसमेत सामथ्र्य राख्ने हैसियत रहेका संस्कृतिकर्मी यो संस्थाको कार्यसमितिमा आउनु पर्छ । अर्थ मन्त्रालय, सहकारी मन्त्रालय, आवास तथा सहरी विकास मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय आदिको संयुक्त जन्जाल साझा प्रकाशनले भोग्नु परेको कानुनी जटिलता चिर्न आगामी कार्य समिति सदा चनाखो र तत्पर रहनु पर्छ । नयाँ कार्यसमिति निर्वाचित भएपछि मुलुकमा राजनीतिक रूपले सत्ता परिवर्तन भइरहने स्थितिले परोक्ष रूपमा साझाको नेतृत्वलाई प्रभाव पर्ला, हरेक निर्वाचित पदाधिकारी अमुक राजनीतिक विचारको आस्थाबाट प्रेरित भएका हुन सक्छन् तर साझा प्रकाशनको प्रवेशद्वारबाट भित्रिएपछि उनीहरू केवल साझा प्रकाशनकै प्रतिनिधि मात्र हुन र हुनु पर्छ । यो तथ्य र यथार्थतामा आगामी दिनमा कुनै समस्या आउनु हुँदैन, जसले गर्दा साझाको पुनर्जीवनमा ठेस लागोस् ।  

काठमाडौँको मुटुमा रहेको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा रहेको यो संस्थाको प्रदर्शन तथा बिव्रmीकक्षमा ठुलो क्षमताको पुस्तक सङ्ग्रह गर्न सकिने स्थानलाई पुस्तकहरूको डिपार्टमेन्टल स्टोरका रूपमा विकास गर्नु आजको अर्काे टड्कारो आवश्यकता हो । प्रशस्त स्थान रहेको यो कक्षमा क्षमताभन्दा आधा मात्र पुस्तकहरू रहेको अवस्था छ । यहाँनेर एउटा के चुनौती रहेको छ भने साझाका आफ्नै उत्पादनले मात्र तत्काल यो खाली स्थान भर्न सकिने अवस्था छैन । अतः यसका लागि निजी प्रकाशन गृहहरू, तिनै वटा प्रज्ञा प्रतिष्ठान, केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय योजना आयोग तथा कानुन किताब व्यवस्था समिति आदिसित सहकार्य गरी ती पुस्तकहरू साझाले पुनः बिव्रmीवितरण गर्न पाउने व्यवस्था अविलम्ब गर्न गराउन पहल लिनु छ । यसो गर्न सकियो भने सो प्रदर्शन तथा बिव्रmीकक्ष नमुना कक्षका रूपमा विकास भई तुरुन्त चलायमान भएर साझाको थप परिचय स्थापित हुन पुग्छ । त्रिभुवन विश्वविद्यालयको स्नातक तहको अनिवार्य तथा ऐच्छिक नेपाली विषयका पाठ्यपुस्तकहरू साझाले प्रकाशन गरिरहेको र तिनको प्रकाशनाधिकार पनि साझामा मात्र रहेको अवस्था छँदाछँदै अनाधिकृत रूपमा बाहिरबाट निजी प्रकाशनले स्रष्टा र प्रकाशकको अनुमतिबिना नै छापिरहेको अवस्था छ, यसलाई कानुनी तवरले नियमन गर्ने काम बाँकी नै छ । एउटा कटुसत्य के पनि हो भने साझा प्रकाशन लेखक कलाकारको संस्था त हुँदै हो फेरि पनि एउटा पूर्ण व्यावसायिक संस्था पनि हो । यदाकदा पाइने सरकारी अनुदान आदिबाहेक यसले आफैँ कमाएर खानु पर्छ । नयाँ नयाँ सर्जक तथा ओझेलमा परेका सर्जकहरू जसका पाण्डुलिपि प्रकाशक नपाएर बर्सौंदेखि थन्किरहेको अवस्थामा तिनलाई प्रकाशनको मञ्च दिलाउनु पनि साझाको कर्तव्य हो तर यसो भन्नु सैद्धान्तिक हिसाबले जायज भए पनि आजको स्थितिमा भने आदर्श जस्तो पनि हुन्छ किनकि अघि नै भनी सकियो साझाले आफँै कमाएर आफूलाई पाल्नु पर्छ यो अवस्थामा उसले बजारमा तुरुन्तै बिव्रmी हुने र पाठकहरूको रोजाइमा परेका पुस्तकहरू प्रकाशन सर्वप्रथम गर्नु पर्छ । पाठ्यव्रmममुखी र पाठ्यव्रmमलाई सहयोग गर्ने सन्दर्भ ग्रन्थहरूको प्रकाशन आजका दिनमा साझाको रोजाइ हुनु पर्छ तर यसो भन्दैमा साझाले स्कुल र कलेजका गाइड र गेसपेपर उत्पादन गर्ने पटक्कै होइन, पूर्ण र मौलिक कृतिहरूको प्रकाशनमा साझा हमेसा तल्लीन रहनु पर्छ । यसो गर्न सके यो ऐतिहासिक धरोहर पहिलाको स्थानमा आउन सक्छ तर यसमा सबैको सहयोगको खाँचो छ । श्रद्धेय कृष्णचन्द्रसिंह प्रधान यो संस्थाको उन्नयनका लागि हाल जीर्ण भएको पुरानो भवनको माथिल्लो तल्लामा रहेर अहोरात्र खटिनुभएको थियो । हुन पनि यो साझा त्यसै बाँचेको होइन उहाँ र उहाँ जस्ता धेरै अग्रणीको पसिनाले बाँचेको हो । 

कामकाजी कार्यसमिति चयन साझाको आजको आवश्यकता हो, जसले संस्थाको उन्नयनमा आशाको किरण प्रदान गर्छ । अनुभवी, व्यावसायिक र ऊर्जावान् सञ्चालकको पङ्क्तिले मात्र साझालाई पूर्वावस्थामा फर्काउन सकिन्छ । महाप्रबन्धक जागिर खान नभई साझा बचाउन नियुक्त हुनु पर्छ । सकारात्मक सङ्केतहरूका बिचमा पनि महाभूकम्पले जीर्ण भएको भवनको पुनर्निर्माण गर्नु छ । निर्माण हुँदाहुँदै पुराना कार्यसमितिको कमजोरीका कारण एक्कासि अलपत्र परी रोकिएको भवनलाई निर्माण सम्पन्न गर्नु छ । एउटा महìवपूर्ण उपलब्धि झन्डै एक दशकदेखि हुन नसकेको लेखा परीक्षण कार्र्य निवर्तमान सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिले गर्न सकेको छ यो गौरवको विषय हो तर यस्ता थुपै्र अप्ठ्यारासित जुध्दै अघि बढ्नु छ । संस्थालाई सही गति र गन्तव्यतर्फ डो¥याउन चुस्त लेखा व्यवस्था, कर्मचारी व्यवस्थापन तथा प्रभावकारी बजार व्यवस्थापन गर्नु छ । यो सजिलो छैन तर असम्भव पनि छैन र यसलाई सम्भव तुल्याउन आउँदो कार्यसमिति जोडतोडका साथ लाग्नु पर्छ । अब सहृदयी मनहरूले यो संस्थालाई सक्दो भरथेग गर्ने बेला आएको छ । 

अघिल्लो सञ्चालक समितिको चुनावमा मतदान गर्न आएका एक जना वयोवृद्ध सर्जकले यो पवित्र सरस्वतीको उपासना गर्ने मन्दिरको प्राङ्गणमा उभिएर मतदान गरिसकेपछि संस्थाका एक जना जिम्मेवार व्यक्तित्वसित भनेका थिए, “बाबु बाँची रहियो भने अर्काे पटक मतदान गर्न आउँदा यो जीर्ण भवनले काँचुली फेरेको हेर्न पाऊँ है ।” कति मुटु छुने भनाइ राखे ती साझालाई माया गर्ने स्रष्टाले ? तर त्यो भवनको अवस्था आज पनि उस्तै छ, उहाँ भने दिवङ्गत भइसक्नुभएको छ । उहाँ र उहाँ जस्ता थुप्रै अन्य स्रष्टाले देखेको सपनालाई यथार्थमा परिणत गर्ने जिम्मा आउँदो कार्यसमितिलाई छ । यो कार्य गर्न नसके आउँदो समिति पनि पङ्गु र कर्मकाण्डी मात्र बन्ने छ । राज्यसित आवश्यक पर्दा आर्थिक अनुदान र निरन्तर व्यावसायिक काम प्राप्तिका लागि निरन्तर सङ्घर्षरत रहने वाचा आउँदो कार्यसमिति गर्नु पर्छ र यसो भएमा यसले पङ्गु बन्नुपर्ने छैन । आउँदा पदाधिकारीहरू स्रष्टाहरूलाई दिन बाँकी लेखकस्व दिन, संस्थाको हिसाबकिताब चुस्तदुरुस्त राख्न, पाठकको रोजाइमा परेका नयाँ पुस्तक प्रकाशन गर्न, पुराना सकिएका पुस्तकहरूको पुनर्मुद्रण गर्न र राज्यलाई यो संस्थाप्रति थप जिम्मेवार बनाउन आफ्नो कार्यकालभरि सङ्घर्षरत रहनु पर्छ । यो विश्वासलाई कार्य रूपमा बदल्न पुनः सम्बद्ध पक्षका सहयोगी हातहरूको निरन्तर प्राप्तिका लागि समग्र साझा प्रकाशन परिवार अपेक्षा गर्छ । 


Author

कमल सुवेदी