जाकार्ता,फागुन ६ गते । इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी ९ईभी० चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।
राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको तथ्याङ्क अनुसार इन्डोनेसियामा हाल विभिन्न स्थानहरूमा तीन हजार २३३ चार्जिङ स्टेशनहरू छन् ।
“चार्जिङ स्टेशनहरूको विस्तारको उद्देश्य आयातित इन्धनमाथिको निर्भरता घटाउने, कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जामा सङ्क्रमणलाई गति दिनु हो,” मन्त्रालयका विद्युत महानिर्देशक जिस्मान हुताजुलुले बताउनुभयो ।
इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रति दिन औसत १।४ लाख ब्यारेल छ । ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै देशले प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको छ ।
“यसले वार्षिक रूपमा एक लाख टन सीओ२ उत्सर्जनमा कटौती गर्ने अनुमान गरिएको छ ।” रासस, सिन्ह्वा