• ६ वैशाख २०८२, शनिबार

‘पत्रकारिताले समाजलाई मार्गनिर्देश गर्नुपर्छ’

blog

कार्यक्रम उदघाटन गर्दै नगर प्रमुख टीकाराम खड्का ।

गोकर्ण पौडेल

तुलसीपुर, फागुन ६ गते । राष्ट्रिय समाचार समितिको ६४ वार्षिकोत्सवका अवसरमा विकासमूलक पत्रकारितामा राससको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । राष्ट्रिय  समाचार समिति तुलसीपुरका नारायणी रजौरेको अध्यक्षतामा एवम नगरप्रमुख टीकाराम खड्काले समाचारका माध्यमबाट राज्यलाई सही मार्गनिर्देश गर्नुपर्ने बताउनुभयो । 

नगर प्रमुख खड्काले सामाजिक सञ्जालमा आउने विषयले पत्रकारिता क्षेत्रमा समस्या देखिएको बताउनुभयो । नगरप्रमुख खड्काले सञ्चारमाध्यममा विकासमूलक र स्थानीय विषयवस्तु राससले पछिल्लो समयमा विशेष महत्त्व दिएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दाङको विकासमा एकिकृत बस्ती विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विकासमूलक पत्रकारिताका क्षेत्रमा राससले विशेष स्थान दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाली कांग्रेस नगर सभापति सुरेश हमाल, नेकपा (एमाले) नगर अध्यक्ष रूपबहादुर खत्री, माओवादी केन्द्र नगर अध्यक्ष मोहन थापा मगर, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।