रमेश विश्वकर्मा
गुल्मी, फागुन ६ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। सदरमुकाम तम्घासमा भएको फोनिज गुल्मीको पाँचौं अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको निर्वाचन मण्डलका संयोजक रेशम कुँवरले जानकारी दिनुभयो।
पाँचौं जिल्ला अधिवेशनले फोनिज अध्यक्षमा पुनः लोकप्रसाद छन्त्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ। उपाध्यक्ष तेजेन्द्रकुमार श्रेष्ठ, सचिवमा गंगु कुँवर मगर, सहसचिवमा हरिकुमारी छन्त्याल र कोषाध्यक्षमा सदिक्षा रेस्मी सर्वसम्मत निर्वाचित हुनुभयो ।
अधिवेशनबाट सदस्यहरु अमर रास्कोटी, गोविन्द बलामी, नरबहादुर राना, विष्णु सारु रहनुभएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सङ्घीय प्रतिनिधिमा हरिकुमार श्रेष्ठ, अमृता गाहा र प्रदेश प्रतिनिधिमा प्रकाश थापा, गणेश सारु सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक कुँवरले जानकारी दिनुभयो।
अधिवेशनका क्रममा नेपाल पत्रकार महासङ्घ गुल्मीका संस्थापक अध्यक्ष एवम् फोनिज गुल्मीका वरिष्ठ सल्लाहकार हरिकुमार श्रेष्ठ र निर्वाचन मण्डलका संयोजक रेशम कुँवरले पत्रकारमाथि भएका अन्यायप्रति फोनिजले आवाज उठाउन जरुरी रहेको बताउनुभयो । पत्रकारिता क्षेत्रमा अब्बल भएर काम गर्न जरुरी रहेको उहाँले बताउनुभयो।