• १९ माघ २०८१, शनिबार

जनकपुर नाइट्स कबड्डी लिग च्याम्पियन

blog

उपाधि विजेता टोली ।

काठमाडौँ, माघ १९ गते । जनकपुर नाइट्स नेपाल कबड्डी लिगको पहिलो संस्करणमा च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार राति भएको फाइनलमा खेलमा काठमान्डु माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो । उपाधिसँगै जनकपुरले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता काठमान्डुले दुई लाख रुपियाँमा चित्त बुझायो ।

जनकपुरले पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । काठमान्डुले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई पाखा लगाउँदै जनकपुरसँगको भेट पक्का गरेको थियो ।

लिगचरणमा यी दुई टोलीले ३९–३९ अङ्कको बराबरी खेलेका थिए । तर, फाइनलमा जनकपुरले काठमान्डुलाई पछि पार्दै उपाधि जित्न सफल भयो । लिगमा ६ वटा फ्रेन्चाइज टिमले भाग लिएका थिए ।