• ५ माघ २०८१, शनिबार

चार महिनापछि बैठक बस्दै

blog

भावना जोशी 

 अत्तरिया , माघ ५  गते । सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको  छ । माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको  जानकारी दिनुभयो  ।  गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१-०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन ल्याउने समेत तयारी गरेको छ । 

प्रदेश  सभा विधायन  समितिका सभापति दिवान सिङ विष्टले  ऐन ल्याउन समितिले स्थानीय तहका जनप्रतिनिधि  सँग सुझाव सङ्कलन गरेको र ऐन ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिनु भयो ।