• १ माघ २०८१, मङ्गलबार

राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी

blog

अध्यादेश जारी गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौँ, पुस २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ चार वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिबाट नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम विभिन्न चार वटा अध्यादेश जारी भएको जानकारी गराउनुभएको हो । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता भट्टराईले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको हो।

राष्ट्रपतिबाट जारी भएको अध्यादेश ६० दिनमा संसदबाट अनुमोदित हुनुपर्छ।