गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २९ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल आन्तरिक कर्जा १.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले जारी गरेको आव २०८१/८२ को पाँच महिनाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ मङ्सिर मसान्तमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.२ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ मङ्सिर मसान्तमा यस्तो दाबी ४.२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.८ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ मङ्सिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.८ प्रतिशतले बढेको छ ।
एक खर्ब बहत्तर अर्बले बढ्यो निक्षेप
चालु आवको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ७२ अर्ब ३२ करोड (२.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई खर्ब ६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८१ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १०.९ प्रतिशतले बढेको छ । चालु आवको मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश व्रmमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश व्रmमशः ६.३ प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको थियो । गत मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ३६.७ प्रतिशत रहेको थियो ।
एक खर्ब अठहत्तर अर्बले बढ्यो कर्जा
चालु आवको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब १० अर्ब एक करोड (२.३ प्रतिशत) ले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८१ मङ्सिर मसान्तमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश व्रmमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह ३.६ प्रतिशतले, विकास बैङ्कको २.७ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ ।