• २८ पुस २०८१, आइतबार

संसद्काे अधिवेशन नचल्दा सरकारले अध्यादेश ल्याउनसक्छ : उपमहासचिव ज्ञवाली

blog

काठमाडाैं, पुस २८ गते । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद्काे अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताउनुभयो । 

उहाँले अध्यादेश ल्याउने कुरालाई संसद्काे अधिकार कटौती गरेको भनेर बुझ्न नहुने स्पष्ट पार्नुभयो । उहाँले सदनको पहिलो बैठकमै अध्यादेशहरू पेस हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताउनुभयो । उहाँले कानुन बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेको बेलामा र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसद्काे अवज्ञा भन्न नहुने उल्लेख गर्नुहुँदै अध्यादेश संसद्लाई अवज्ञा गर्नेगरी नभइ आवश्यकताको महसुस गरेर ल्याइएको बताउनुभयो । 

उपमहासचिव ज्ञवालीले भन्नुभयो, "नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको छ । सरकारले संसद्काे अधिवेशन नचलिरहेको बेला अध्यादेश ल्याउनसक्छ । त्यो चाहीँ सांसदको अधिकारलाई कटौती गरेको होइन । सदनको पहिलो बैठकमै अध्यादेशहरू टेबुल हुन्छन् र यदी पार्लियामेन्टले रिजेक्ट गर्‍याउ भने त्यो विधेयक स्वतः निष्क्रिय हुन्छन् ।" 

उपमहासचिव ज्ञवालीले दलहरूमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभयो ।