गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २८ गते । बजारमा कानुनविपरीत आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको अनुगमनका क्रममा यस्तो पत्ता लागेको हो । जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. वसन्त अधिकारीले नयाँ बानेश्वरको किड्स पसल, टेकुस्थित प्रकाश फार्मेसी तथा प्रकाश एलाइट्सलगायतका पसलमा अनुगमन गर्दा कानुनविपरीत यस्ता वस्तुको डिस्प्ले गरेको, अनलाइनमार्फत छुट दिएर सामान बिक्री गर्ने गरेको पाइएको बताउनुभयो । उहाँले यस्ता वस्तुको प्याकेटमा बच्चाका लागि स्तनपान सबैभन्दा असल दुध हो भन्ने बेहोराको सन्देश अनिवार्य राख्नुपर्नेमा त्यो सन्देश नराखिएको बताउनुभयो । उहाँले ती पसललाई कानुनी पक्षबारे सचेत गराएर यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिइएको बताउनुभयो ।