• २४ पुस २०८१, बुधबार

होम सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

blog

ललितपुर, पुस २० गते। ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले ऐन, नियमको पालना गरे कुनै पनि सहकारी समस्यामा नपर्ने बताउनुभएको छ।

होम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दैै उपमेयर बज्राचार्यले यस्तो बताउनुभएको हो।

उहाँले सहकारीको मूल मर्म र सिद्धान्त भन्दा बाहिर गएर सञ्चालकले आफू र आफ्नालाई मात्र लाभान्वित गराउने प्रवृत्ति पनि समस्याको कारण रहेको स्पष्ट गर्नुभयो।

उपमेयरले भन्नुभयो, “सरकारले सहकारीलाई मार्ग निर्देशन र नियमबद्ध गर्न अध्यादेश ल्याएकाले अब समस्याको समाधन हुने विश्वास व्यक्त गर्दछु।”

सहकारी संस्थाका अध्यक्ष मुकुन्द महर्जनले संस्थाको गतिविधि जानकारी गराउँदै संस्थालाई निरन्तर नाफामा लैजाने प्रयास भइरहेको बताउनुभयो।

अध्यक्ष महर्जनको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाको उद्योग तथा सहकारी महाशाखाका अधिकृत चिरञ्जिवी पौडेल, कानुनी सल्लाहकार रमिला शाक्य, उपाध्यक्ष दिनेश मास्के लगायतले मन्तव्य व्यक्त गर्नुभयो।

साधारण सभाले चार वर्षे कार्यकालका लागि पुनः मुकुन्द महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।