• २१ पुस २०८१, आइतबार

जडीबुटी तस्करीको आरोपमा एक पक्राउ

blog

सन्तोष राउत

सोलुखुम्बु, पुस १८ गते । सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीस्थित पिके सामुदायिक वन क्षेत्रमा जडीबुटी तस्करीको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

सामुदायिक वन क्षेत्रमा जडीबुटी तस्करीको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची स्थायी बासिन्दा ५० वर्षीय क्षेत्रबहादुर तामाङलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रहरी र डिभिजन वन कार्यालय सोलुखुम्बुको सहयोगमा तामाङलाई सङ्कलित जडीबुटीसहित पक्राउ गरिएको हो । पिके सामुदायिक वनका अध्यक्ष सन्तबहादुर मगरका अनुसार तामाङले केही दिनदेखि वन क्षेत्रमा प्रवेश गरी जडीबुटी सङ्कलन गर्दै आउनुभएको थियो ।

तामाङको साथबाट ठूलो परिमाणमा सङ्कलित जडीबुटी बरामद गरिएको छ । उहाँलाई तत्काल डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ भने म्याद थप गरी कानुनी कारबाही अघि बढाइने वन कार्यालयले जनाएको छ ।