काठमाडौं, पुस १५ गते । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
आलोकनगरस्थित समाजवादीको पार्टी कार्यालयमा सोमबार समाजवादीका अध्यक्ष नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग बोल्नुहुँदै नेता गौतमले आफू एकीकृत समाजवादी प्रवेश गर्ने सम्भावना रहे पनि सहमति हुन नसकेको प्रतिक्रिया दिनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले सहमतिको प्रयास जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना संस्मरणहरू पुनर्जीवित गरियो ।”