अविनाश चौधरी
धनगढी, पुस १५ गते । मध्य पुससम्म अरू वर्षको तुलनामा कम जाडो महसुस भएको कैलालीमा बिहानीको समयमा शीतलहर सुरु भएको छ । दुई दिन अगाडि वर्षापछि मौसममा आएको फेरबदलले धनगढीसहितको क्षेत्रमा शीतलहर लाग्न थालेको हो ।
बिहानैदेखि शीत परिरहेको छ । यसैगरी, चिसो हावा पनि चलिरहेको छ । शीतलहर सुरु भएकाले अब जाडो बढ्ने स्थानीय दशरथ चौधरीले बताउनुभयो ।
“आज यस वर्ष पहिलो पटक शीतलहर लागेको छ । अब जाडो बढ्दै जान्छ” उहाँले भन्नुभयो । शीतलहरसँगै अरू दिनको तुलनामा केही हद्सम्म बढी चिसो महसुस भएको छ । यसअघिसम्म कैलालीमा पारिलो घाम लाग्दैआएको थियो ।