• १७ असार २०८१, सोमबार

खोलामा डुबेर दुई जनाको मृत्यु

blog

गणेश खनाल
अर्घाखाँची, जेठ ८ गते।
अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ।

शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजको मृत्यु भएको हो। 

खोलामा डुबेर प्युठान नौबहिनी गाउँपालिका-८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उहाँका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताउनुभयो। 

जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाइएको थापाले जानकारी दिनुभयो।