रङ्गेली समाचारदाता
विराटनगर, पुस ७ गते । साना, मझौला तथा अन्य एक हजार व्यवसाय प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले व्यवसाय विकास सेवा (बिडिएस) सम्बन्धी दुई वटा सम्झौता गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले दुई वटा संस्थासँगको सहयोगमा साना, मझौला र अन्य सबैखाले व्यवसाय प्रवर्धनका लागि (बिडिएस) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।
महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले व्यवसाय प्रवर्धनका लागि सहजीकरण गर्ने हिसाबले अध्यान्त फन्ड र उपाय विजनेससँग बिडिएस सम्झौता गरिएको जानकारी दिनुभयो । अध्यक्ष राउत तथा अध्यान्तका कार्यक्रम तथा साझेदारी प्रमुख निश्चलसिंह भण्डारी, उपाय बिजनेसका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ र डाइनोटेकका अध्यक्ष प्रदीप सिग्देलले सम्झौतामा शुक्रबार हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष राउतले कोशी प्रदेशमा १२ हजार २२५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको र तिनमा ७३ हजार ९१८ जनाले रोजगारी पाएको बताउँदै थप व्यवसाय प्रवर्धन तथा रोजगार सिर्जनाका लागि साझेदारीका कार्यक्रम बढाउन लागिएको बताउनुभयो । औपचारिक रूपमा सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठानको तथ्याङ्कमा आउने भए पनि अनौपचारिक रूपमा रहेका उद्योगको विषय बाहिर नआउने उहाँले बताउनुभयो ।
अनौपचारिक रूपमा सञ्चालित व्यवसाय र उद्योग प्रतिष्ठानलाई औपचारिक रूपमा सञ्चालनमा ल्याउन चुनौती भइरहेका बेला व्यवसाय विकास सेवाले महìवपूर्ण सहयोग पु-याउने विश्वास राउतको थियो ।
अध्यान्त फन्डका प्रमुख भण्डारीले महासङ्घ कोशीसँग दुई वर्षदेखि सहकार्य गरिरहेको र अबका दिनमा बिडिएसमार्फत सेवा केन्द्र स्थापना गरेर काम अगाडि बढाउने जानकारी दिनुभयो । व्यवसाय सञ्चालन, ऋण लिनेदेखि अन्य प्रव्रिmयामा उद्योग तथा व्यवसायलाई सहयोग पु-याउन यो कार्यक्रम महìवपूर्ण रहेको दाबी थियो ।
उदय परियोजनाका विष्णु काफ्लेले उद्योगीले बेहोर्नु परेका समस्या समाधान गर्न बिडिएस सुरु हुन लागेको र यसबाट धेरैभन्दा धेरै उद्योगी–व्यवसायीले लाभ लिन सक्ने धारणा राख्नु भएको छ । सहज परियोजनाका टिम लिडर रिमा श्रेष्ठले नेपालको विकास गर्न साना तथा मझौला उद्योगको संरक्षण र विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
महासङ्घ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारी (साम) ले हस्ताक्षर गरिएका सम्झौतापत्र एकअर्को संस्थाबिच आदानप्रदान गरिएको जानकारी दिनुभयो ।