शारदाकुमारी मानन्धर
आस्था हुन्छ कहाँ कहाँ, भन्नै सकिँदैन ।
छेक्छ बाटो सबतिर, हिँड्नै सकिँदैन ।।
भोकतिर्खा के हो के हो, बुझ्नै सकिँदैन ।
मानव हो कि अमानव, चिन्नै सकिँदैन ।।
आवेशमा सही गलत, केही छुट्टिदैन ।
मानिसको भावनालाई, जान्नै सकिँदैन ।।
सत्यतालाई दोषले, गलाउन सक्दैन ।
असत्यको अस्तित्व सर्वदा, हुँदै हुँदैन ।।
सूर्यदेवलाई हत्केलाले, छेक्नै सकिन्न ।
चन्द्रदेवको शीतलता, दिनमा देखिन्न ।।
समयको गति यो रोक्न, कसैले सक्दैन ।
सेवाको भावविना कोही मानव बन्दैन ।।
आफ्नो देश, संस्कृति, बिर्सनै सकिन्न ।
धर्म, कर्म, भेषभूषा, त्याग्न पनि हुँदैन ।।
कहिल्यै पनि आफ्नोपन, छोड्नै हुँदैन ।
सत्यलाई कहिल्यै उपेक्षा, गर्नै हुँदैन ।।
पाको, न्यूरोड काठमाडौं ।