• १२ पुस २०८१, शुक्रबार

भारतको क्यालिकटलाई काभा भलिबल उपाधि

blog

भारतको क्यालिकट टोली

काठमाडौँ, मङ्सिर २९ गते । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकट क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा शनिबार भएको फाइनलमा क्यालिकटले नेपालको हेल्प नेपाललाई ३–१ को सेटमा हरायो । क्यालिकटले २५–२१, २४–२६, २५–१४, २५–१७ को जित निकालेको हो । 

इरान यु–१८ टोली तेस्रो भयो । शनिबार नै भएको खेलमा इरानले माल्दिभ्सको क्लब एचडिसीलाई ३–० सोझो सेटमा हरायो । इरानले २५–२१, २७–२५, २७–२५ को जित निकालेको हो । पाँच टोली सहभागि च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश भने बाहिरिएको थियो । 

अन्तर्राष्ट्रिय भलिबलबाट इमको सन्न्यास 

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका पूर्व कप्तान इम रानामगरले अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिनुभएको छ । 

काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा फाइनलमा इमले औपचारिक रुपमा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिनुभएको हो । इमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल भलिबल सङ्का अध्यक्ष जीतेन्द्रबहादुर चन्दमे इमलाई कोट लगाइदिनुभयो ।

सङ्घले इमलाई एक लाख रुपियाँ र सम्मान पत्र पनि प्रदान गरेको छ । सफल कप्तानको रुपमा परिचय बनाउनुभएका इमले दुई दशक खेल्नुभयो । नेपाल पुलिस क्लबमा आवद्ध इमको कप्तानीमा नेपालले २०७३ सालमा सेन्ट्रल जोन काभा भलिबल च्याम्पियनसिपमा कांस्य पदक जितेको थियो।