• ८ पुस २०८१, सोमबार

पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा ५ दिने कम्प्युटर सफ्टवेयर एसेस फेस्ट हुने

blog

निशा राई 

धरान, मङ्सिर २५ गते । पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा ५ दिने कम्प्युटर सफ्टवेयर आइटीका विद्यार्थीहरुको प्रतिस्पर्धात्मक एसेस फेस्ट हुने भएको छ । 

धरान–८ स्थित पूर्वाञ्चल इञ्जिनियरीङ क्याम्पसको खेल मैदानमा फेस्ट क्याम्पसका विद्यार्थीहरुको एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा मङ्सिर २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसेसका अध्यक्ष दिनेश नेपालले बताउनुभयो । 

आइटीका विद्यार्थीहरु बिच प्रतिस्पर्धात्मक क्षमता विकासको लागि उत्प्रेरणा बढाउन एसेसले फेस्टको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । फेस्टमा धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाडाैं, बुटवललगायत नेपालका सबै ठाउँबाट सहभागीहरु आउने आयोजकले जनाएको छ । यसपालि ५ हजारभन्दा बढी विद्यार्थी फेस्टमा प्रतिस्पर्धा गर्न आउने अनुमान गरिएको आयोजकले जनाएको छ । 

फेस्टमा अवलोकन गर्न आइटीका व्यवासयी, प्रयोगकर्ता सर्वसाधारणको उत्तिकै सहभागिता हुने अध्यक्ष नेपालले बताउनुभयो । फेस्ट आइटी एजुकेशन प्रवर्द्धन, अवसर र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि आायोजनालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

फेस्टमा आइटी विद्यार्थीहरुले आ–आफ्नो विभिन्न प्रोजेक्ट प्रदर्शन गर्नेछन् । प्रोजेक्ट हेर्न तथा अवलोकन गर्न धरानका विभिन्न विद्यालयबाट विद्यार्थीहरु आउने गरेका छन । फेस्टमा आइटीसम्बन्धी विभिन्न स्टल रहने आयोजकले जनाएको छ ।

आइटीको क्षेत्रमा रुचि भएका विद्यार्थीहरुका लागि फेस्ट उपयोगी रहँदै आएको छ । फेस्टमा इन्टर्न विद्यार्थीहरुको प्रोजेक्ट सो हेर्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरु आउने गरेको र विद्यार्थीको क्षमता अनुसार रोजगारको अवसर समेत दिने गरेको अध्यक्ष नेपालले बताउनुभयो ।

फेस्टको अवसरमा आयोजना गरिने ह्याकेथन प्रतियोगितो अर्को आकर्षण रहने आयोजकले जनाएको छ । ह्याकेथन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख ८० हजार रुपियाँ, ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा देशभरका ३५ भन्दा बढी टिम सहभागी रहने एसेसका जनसम्पर्क प्रमुख अमोघ भट्टराईले बताउनुभयो । फेस्टमा एआर वघण्ड, क्याप्चर द ल्याग, युआइ युएक्स डिजाइन, गुगल मेस्ट्रो, गेम फेस्टिभल लगायत प्रतियोगिता हुनेछ । 

प्रतियोगिताका सबै टिम तथा खेलाडीले नगद पुरस्कार गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । फेस्ट बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दैनिक सञ्चालन हुने आयोजकले जनाएको छ ।