• ८ पुस २०८१, सोमबार

ताक्लुङदेखि गण्डकी गाउँपालिका जाने सडक सात दिन बन्द

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर २० गते । गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत पर्ने वडा ४ ताक्लुङदेखि गण्डकी गाउँपालिकाको १ बुटार सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । 

सहिद लखन गाउँपालिकाको वडा नम्बर ४ ताक्लुङदेखि गण्डकी गाउँपालिका–१ बुटारसम्म १२ किलोमिटर सडक खण्ड ७ दिनका लागि बन्द हुने भएको सहिद लखन गाउँपालिकाका–४ का अध्यक्ष यामबहादुर थापा मगरले जानकारी दिुनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय पोखराको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५ करोड रुपियाँमा सडक स्तराेन्नति गर्ने काम भएकाले ताक्लुङदेखि राईनास बुटार जाने चोकसम्म सवारी आवागमनमा पूर्ण रुपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारीसाधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ । 

उक्त सडक बाटो भएर यात्रा गर्ने यात्रुलाई केही दिनका लागि असहज भए पनि केही दिनपछि सडक स्तराेन्नति भएपछि ताक्लुङदेखि गण्डकी गाउँपालिकाको बुटारसम्म आवतजावत गर्न सहज  बनाइने गाउँपालिकाद्वारा बिहीबार निकालिएको सूचनामा भनिएको छ ।