• ८ पुस २०८१, सोमबार

नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

blog

वालिङ समाचारदाता 

वालिङ, मङ्सिर १९ गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी–३, मिर्मीको नगर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । स्थानीयस्तरमा खुलेको उपचार केन्द्रबाट स्याङ्जाको कालीगण्डकी र गल्याङ नगरपालिकासँगै गुल्मीको पूर्वी भेग, पर्वतका दक्षिणी भेग र बागलुङको जैमिनी नगरपालिकाका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने अध्यक्ष थापाको भनाइ छ । 

यसअघि आँखा उपचारका लागि वालिङ तथा जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका कालीगण्डकी क्षेत्रका नागरिकलाई सहज हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयको आँखा उपचार गाउँमा नै गर्ने यस क्षेत्रका नागरिकको चाहना पूरा भएको छ ।”