• १२ पुस २०८१, शुक्रबार

मोटरेबल पुल निर्माण

blog

अर्जुनचौपारी ठाडाखेतमा निर्माण भएको मल्टिसेल बक्स कलभर्ट ।

स्याङ्जा समाचारदाता

स्याङ्जा, मङ्सिर १८ गते । पुतलीबजार नगरपालिका–१३ र अर्जुनचौपारी गाउँपालिका–१ जोड्ने ठाडाखेतमा मोटरेबल पुल (मल्टिसेल बक्स कलभर्ट) निर्माण गरिएको छ । 

पुलको सर्भे २०७० पुस ५ गते भएको थियो भने २०७४ भदौ २३ गते निर्माण कम्पनीले सम्झौता गरेर काम थालेको हो । बक्स कलभर्ट जेएन ईश्वर/सिद्धबाबा जेभीले तीन करोड ४१ लाख ९२ हजार ३०८ रुपियाँमा निर्माण गरेको इन्जिनियर सिर्जना शर्माले बताउनुभयो । ७९.५ मिटर लम्बाइ रहेको पुलको बिचमा डिभाइडर राखेर निर्माण गरिएको छ । एक भागमा चार मिटर अग्ला पाँच वटा सेल र अर्को भागमा २.८ मिटर अग्ला सात वटा सेल रहेका छन् । 

पुतलीबजार नगरपालिका–१३ मा पुलको उद्घाटन गर्दै सङ्घीय सांसद राजु थापाले पुलको उद्घाटन ढिला भए पनि केही नहुनुभन्दा भएको कामलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताउनुभयो । अरू देशको तुलनामा नेपालमा विकासको गति कम भएको छ तर केही भएको छैन भन्ने भाष्यलाई चिर्दै विकास निर्माणको गति बढाउन सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार उपप्रमुख देवी अर्याललगायतले मन्तव्य राख्नुभएको थियो ।