• ११ पुस २०८१, बिहिबार

लामिछानेका घोषणा कार्यान्वयनविहीन

blog

चितवनमा सञ्चालन गरिएको ब्लु बस । अहिले यो बस सञ्चालनमा छैन । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली 

भरतपुर, मङ्सिर १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्दा घोषणा गरेका कुनै पनि कार्यक्रम अगाडि नबढेकोमा निराशा व्यक्त गरेका छन् ।

सांसद लामिछाने निर्वाचित भएको सय दिनको अवसरमा गत वर्षको साउन १७ गते एक दर्जनभन्दा बढी कार्यक्रम घोषणा गर्नुभएको थियो । चितवन क्लब बनाएर बजेट सुनिश्चित गर्दै कार्यान्वनमा लैजाने पनि त्यो बेला उहाँले घोषणा गर्नुभएको थियो । 

“हामीले गर्न लागेको कार्यक्रममा हातेमालो गर्न चितवन क्लब बनाएर विदेशमा रहेका नेपालीलाई पनि आह्वान गर्छौं । मेरो क्षेत्रमा यो अभियान सफल भयो भने अन्य क्षेत्रमा पनि विस्तार गरिने छ,” लामिछानेले त्यो बेला भन्नुभएको थियो । उहाँका सबै कार्यक्रम घोषणामै सीमित रहेको स्थानीयले बताएका छन् । 

महिलालाई निःशुल्क बस सेवा, विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउने महìवाकाङ्क्षी योजना, ६० वर्ष कटेकालाई निःशुल्क स्वास्थ्य शिविर, आफ्नो क्षेत्रभित्रका दुई विद्यालयलाई नमुना विद्यालय बनाउने योजना, निर्वाचन क्षेत्रमा नियमित सार्वजनिक सुनुवाइ, विपत्का बेला अवरुद्ध राजमार्ग खुलाउन ‘-यापिङ एक्सन टिम’ निर्माणलगायतका योजना लामिछानेले घोषणा गर्नुभएको थियो । 

निकै चर्चामा रहेको ब्लु बसका धनी भीमबहादुर तामाङले बसको भाडा विगत पाँच महिनादेखि नपाएकाले बस सञ्चालन रोक्न बाध्य भएको बताउनुभएको छ । “सम्झौता अवधि बाँकी हुँदै अहिले बस सेवा रोकिएको छ । सम्झौता अनुसारको दिनुपर्ने भाडा पनि दिनुभएको छैन,” उहाँले भन्नुभयो ।  

ना.५ ख ३१३८ नम्बरको बस रुट र रङ परिवर्तन गरी लामिछानेले आफ्नो चुनावी क्षेत्रमा सञ्चालन गर्नुभएको थियो । बसधनी तामाङसँग गत वर्ष साउन ४ गते दुई वर्षका लागि सम्झौता गरी सञ्चालनमा ल्याइएको बस समय अवधिअगाबै एक वर्ष चार महिनामै बन्द भएको हो । 

रास्वपा क्षेत्र नं. २ चितवनको सचिवालयका इन्चार्ज राजेन्द्र आचार्यले बसधनीलाई भाडा

दिन बाँकी रहेको स्विकार्नुभयो । “भाडा तिर्ने प्रव्रिmयामै छौँ । यो कुरा स्वयं बसधनीलाई पनि हामीले भनेका छौँ,” उहाँले भन्नुभयो । 

सम्झौता समयअगाडि नै बस सेवा सञ्चालन रोकिएका सम्बन्धमा भने उहाँले रास्वपाले नै नयाँ बस खरिद गरेको जानकारी दिनुभयो । “भाडामा बस चलाउन महँगो प-यो । नयाँ बस खरिद गरिसकेका छौँ । एक दुई दिनभित्रै वर्कसपबाट झिकेर चलाउने छौँ,” उहाँले भन्नुभयो । 

लामिछानेले बसधनीलाई छ लाख ८५ हजार रुपियाँ भाडा तिर्न बाँकी रहेको बताइन्छ । यो रकम पाँच महिनाभन्दा बढी समयको भाडा हो । रास्वपाले बसधनीलाई मासिक एक लाख तिस हजार रुपियाँ भाडा दिने सहमतिपत्रमा उल्लेख छ । 

रास्वपाका केन्द्रीय सदस्य डा. मनोहर प्रधान गाउँ गाउँमा गएर गरिने स्वास्थ्य शिविर पनि रोकिएको बताउनुहुन्छ । “भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगेर गाउँ गाउँमा स्वास्थ्य परीक्षण गरिन्थ्यो तर दुई महिनायता रोकिएको छ,” उहाँले भन्नुभयो । अहिले नियमित औषधीको व्यवस्थापन नहुँदा स्वास्थ्य परीक्षण कार्यक्रम रोकिएको उहाँको भनाइ छ ।