• ८ पुस २०८१, सोमबार

चितवन टस जितेर पहिले फिल्डिङ गर्दै

blog

काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो पहिलो खेलमा अहिले काठमाडौँ गुर्खाज र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनले फिल्डिङ रोजेपछि काठमाडौँ पहिले ब्याटिङमा उत्रिएको छ । यस टोलीबिचको भिडन्तलाई बागमती प्रदेश डर्बीको रुपमा हेरिएको छ । 

काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी हुनुहुन्छ । 

अनुभवी केस्सिँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की, साहब आलम, यु–१९ बाट खेलेका दीपेश कँडेलसँगै रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी हुनुहुन्छ । 

काठमाडौँलाई नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर जस्ता विदेशी खेलाडीले थप बलियो बनाएको छ ।  

यस्तै चितवन राइनोजका मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुनुहुन्छ । उहाँसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । 

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की र शरद भेषवाकर हुनुहुन्छ ।

टोलीमा विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी इटनको प्रदर्शथन थप शसक्त बन्ने अपेक्षा गरिएको छ ।