• ९ पुस २०८१, मङ्गलबार

जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

blog

ब्याटिङ गर्दै विराटनगरका खेलाडी । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनायो ।विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

५५ रन बनाउनुभएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्नुभयो । अकिब इल्यासले १५ रन बनाउनुभयो । ओपनर लोकेश बम पाँच रनमा आउट हुनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिनुभयो । किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन  र बेन माइकले एक विकेट लिनुभयो । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।