• १२ पुस २०८१, शुक्रबार

सर्पदंशबाट बच्न सिकाउँदै नेपाली सेना

blog

सर्पदंशबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जनचेतना फैलाउँदा नन्दा गण चोहर्वाका नेपाली सेनाका चिकित्सक विशाल आचार्य । तस्बिर: जीवछ

जीवछ यादव

लहान, कात्तिक २८ गते । सिराहामा सर्प दंशको बढ्दो घट्नालाई ध्यानमा राखेर नेपाली सेनाको नन्दा गण चोहर्वाले जनचेतनामूलक कार्यक्रम थालेको छ । 

लहान नगरपालिका –४ मा सर्प दंशबाट कसरी जोगिने सर्पले दंश गरी हाल्यो भने कसरी सावधानी अपनाउनेबारे नेपाली सेना सर्पदंश केन्द्र चोहर्वामा रहेको नेपाली सेनाका चिकित्सक विशाल आचार्यले यसबारे स्थानीयहरूलाई एक कार्यक्रमबिच सचेत गराएको छ । 

नेपालमा पाइने ८२ प्रकारका सर्पमध्ये २१ प्रकारका सर्पहरू विषालु रहेको उहाँले जानकारी गराउँदै विषालु सर्पलाई कसरी चिन्ने, सर्पको दंशबाट कसरी जोगिने  र सर्पले दंश नै गरी हाल्यो भने अपनाउनुपर्ने सावधानीबारे विस्तृत रूपमा जानकारी दिनुभयो । उहाँको अनुसार गाेमन र करेतको तीन प्रकारका सर्पहरूले दंश गरेका  बिरामीहरू सिराहाको चोहर्वा सामुदायिक सर्पदंश केन्द्रमा उपचार गराउन आउने गरेका छन् ।

यस वर्ष अहिलेसम्म चोहर्वा र बन्दीपुरमा गरी पाँच हजारभन्दा बढी सर्प दंश गरेकाहरूको उपचार गरिएको छ । सर्प दंश गरेपछि सर्पले दंश गरेको वरिपरि रसी वा डोरीले कसेर बाँध्ने गरेका तरिकाले झनै समस्या हुने गरेको छ । सर्पले टोकेको माथि दुई इन्च सामान्य तरिकाले मात्रै बाँधेर टोकेको व्यक्तिलाई भयभीत हुने नगरी समयमा उपचार केन्द्रमा पुराएपछि मृत्यु हुनबाट जोगाउन सकिन्छ । विषालु सर्पले दंशगरेपछि धामी झाँक्रीकहाँ पुगेर ढिलो गरी उपचारको लागि पुगेपछि जोगाउन नसकेको अवस्था देखिएको छ । 

वर्षातको समयमा असार,भदौ र असोज महिनामा सर्पको बिगबिगी बढी हुने गरेकोले सर्पबाट जोगिन घरको वरिपरि सरसफाइ गर्ने । घाँस दाउराको लागि गएको बेला सर्प बस्ने शङ्का स्पद ठाउँमा लट्ठी शङ्कास्पद ठाउँमा लट्ठीले हलाएर मात्रै घाँस काट्ने सुत्दा ओछ्यान झारेर सुत्ने खेत जाँदा ठुलो जुत्ता लगाएर जाने जस्ता सावधानी अपनाउन सकिन्छ । 

खास गरेर दलित विपन्न र चेतनाबाट टाढिएका समुदायहरू सर्प र कुकुरले टोकेपछि अस्पताल गएर समयमा उपचार गराउनुभन्दा धामीझाँक्री कहाँ पुगेर मृत्युको मुखमा पुगिरहेको लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डितले भन्दै समयमा अस्पताल पुर्‍याउने  विषयमा नेपाली सेनाले आएर गरिएको जनचेतना अत्यन्तै लाभकारी हुने बताउनुभयो । कार्यक्रममा नन्दा गणका सेनानी शेर बहादुर शाहीले नेपाली सेनाले विपद् व्यवस्थापनको लागि बाढी पहिरो र आगजनीजस्ता विपद्को समयमा पनि खबर भएपछि ४५ मिनेटभित्रै सिराहा जिल्लाको कुनै पनि ठाउँमा पुगेर उदार गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपाली सेना देशको लडने प्रमुख कार्य भए पनि देशभित्रै प्रकृति विपत्ति र कुलमा फसेका युवकहरूलाई सही बाटोमा ल्याउन समेत जनचेतनामूलक काम गरिरहेको छ । मदेसका युवाहरू नेपाली सेनामा सङ्ख्यात्मक रूपमा कम भर्ना भइरहेकोले यसबारे समेत सचेत हुन आवश्यक छ ।’