गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक २१ गते । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले आउने शनिबार सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक २४ गते शनिबार बिहान ११ बजे बस्नेछ । बैठकमा उपनिर्वाचनको विषयमा केन्द्रित भएर छलफल हुने उहाँको भनाइ छ । उप निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी आवश्यक कार्यनीति बैठकले बनाउने प्रमुख गौतमले जानकारी दिनुभयो ।