• १३ पुस २०८१, शनिबार

अनि बिहे भाँडियो ! (कथा)

blog

“आर्या ! आज तेरो परीक्षा सकिनेबित्तिकै घर आईज । तँलाई हेर्न कुटुम्ब आउने भएका छन् भोलि दिउँसो !”

आर्याको परीक्षा चलिरहेको थियो । आज पनि बिहान ११ बजेदेखि परीक्षा थियो । आजको परीक्षा सकिएपछि अर्को एउटा विषय बाँकी रहन्थ्यो जसको परीक्षा चाहिँ एक हप्तापछि हुने समय तालिका थियो तर बिहानै आमाले फोन गरेर घर आइज भनेपछि परीक्षा तयारीको कुरालाई लिएर आर्या इन्तु न चिन्तु भइन् ।

उनको घर सिन्धुपाल्चोक जिल्लाको एउटा गाउँमा छ । आमाले एसएलसी र बुवाले १२ कक्षा उत्तीर्ण गरेपछि उहाँहरूको मागी विवाह भएको थियो । त्यसपछि पढाइ छाडेर जीविकोपार्जनका लागि उहाँहरूले एउटा किराना पसल सुरु गर्नुभयो जो अझैसम्म पनि चालु छ । आर्याको एउटा भाइ पनि छ जो गाउँकै स्कुलमा १२ कक्षामा पढ्छ ।

आर्या काठमाडौँको एउटा कलेजमा विज्ञान विषय लिएर स्नातक पढ्दै छिन् । बिहान–बेलुका ट्युसन पढाएर प्राप्त रकमले उनलाई मनग्गे पुग्छ । त्यसैले पढाइको साथसाथै पैसा तिरेरै भए पनि उनले केही जीवन उपयोगी कार्यदक्षता पनि हाँसिल गरेकी छिन् । पाककला, वक्तृत्वकला, नेतृत्व तथा उद्घोषणकला, आत्मरक्षा इत्यादीको तालिम उनले लिएकी छिन् । त्योबाहेक, नेपाली महिलाले भोगिरहेका समस्या, लैङ्गिक हिंसा र यसलाई न्यूनीकरण गर्ने उपायका बारेमा पनि उनले कार्यशाला गोष्ठीहरूमा गएर सिकेकी थिइन् र कतिपय कार्यव्रmममा आफ्नो राय पनि राख्ने गरेकी छिन् । कलेजमा विद्यार्थी युनियनले आयोजना गर्ने कार्यव्रmमहरूमा उनी उद्घोषकका रूपमा प्रस्तुत हुन्छिन् । त्यसैले तर्कपूर्ण र जनसमुदायलाई विश्वासमा पार्ने गरी बोल्नमा उनी सिपालु छिन् ।

आजको परीक्षा सकिएपछि आर्या सिधै बस स्टप गइन् र घर जान बस चढिन् । बस काठमाडौँ, भक्तपुर हँुदै धुलिखेल काटेर पाँचखालतिर ओरालो लाग्यो । आर्याले बसको झ्याल खोलिन् । शीतल हावाको मन्द झोक्काले उनको केशराशिलाई बिस्तारै हल्लायो, थकित तनलाई स्वच्छता प्रदान ग¥यो । भर्खरै वर्षात् थामिएको हुनाले तुवाँलोविहीन पहाडी भू–दृश्य स्पष्ट र सफा देखिन्थ्यो । यो दृश्यले अचानक आर्याको मनमा एउटा नयाँ सोच ल्याइदियो । पानी पर्नु अघिको तुवाँलोसहितको भू–दृश्य र पानी परेपश्चातको तुवाँलोरहितको भू–दृश्यमा व्यापक फरक परे जस्तै स्नातक उत्तीर्ण गरेपछि उनको जीवनमा पनि परिवर्तन आउनु पर्छ । नत्र त यत्रो खर्च गरेर किन पढ्नु र ? यो प्रश्नको जबाफ खोज्ने व्रmममा उनी घोत्लिन थालिन् । स्नातक उत्तीर्ण गरेपछि घरजम गर्ने वा व्यापार व्यवसाय गर्ने वा कार्यालयमा कर्मचारीका रूपमा काम गर्ने वा उच्च अध्ययन गर्ने जस्ता मौकाहरू भएको उनले सोचिन् । आफ्नो क्षमतालाई पनि उनले आकलन गरिन् । कार्यशाला गोष्ठी वा अन्तर्राष्ट्रिय अध्ययन भ्रमणताका उनले गरेका प्रश्नहरू वा उनलाई सोधिएका सवालको जबाफ सुनेर स्वदेशी र विदेशी प्राध्यापकहरूले उनको चाख र मेहनतको प्रशंसा गर्दै उच्च अध्ययनको लागि शुभकामना दिएको पनि उनलाई झलझली याद आयो । अहिले चलिरहेको चौथो वर्षको परीक्षा त झनै राम्रो भइरहेको उनलाई महसुस छ । चौथो वर्षमा पढेका विषय सम्झनेवित्तिकै उनको चाख यति बढ्यो कि उनलाई स्नातकोउत्तर पढ्न भित्री मनदेखि नै रहर लागेर आयो । स्नातकोत्तर समाप्तपश्चात झनै धेर मौका प्राप्त हुने सम्भावना पनि उनले देखिन् । झ्यालबाहिर पर क्षितिजमा वर्षापश्चात बादल फाटेर देखिएको पहाडलाई निर्निमेष हेरिरहिन् उनले । 

पढ्ने रहर हुँदा हुँदै विवाह गर्नुको साइनो उनले भेटिनन् । खासमा विवाहका बारेमा सोच्ने बेलै होइन यो भन्ने उनलाई महसुस भयो । अग्रज दिदीहरूले विवाहका बारेमा दिगो सोच बन्न २५–२६ वर्षको उमेर चाहिन्छ भनेको पनि उनले सम्झिन् । त्यसो भए फेरि म किन विचलित भइरहेकिछु त यो २२ बर्से उमेरमा ? यो प्रश्नले उनलाई गम्भीर हुन र आफ्नाबारेमा आफैँ निर्णय लिन अभिप्रेरित ग¥यो । मैले मेरा रहर, क्षमता, भविष्यका सपना सबै कुरा बुवाआमालाई भन्नै पर्छ । मैले ‘नाइँ’ भनेको उमेर पुगेकी छोरीले आवश्यक पर्दा कानुनले पनि पुष्टि गर्ने गरी ‘नाइँ’ नै भनेको हो भनेर उहाँहरूलाई बुझाउनु पर्छ । उहाँहरू रिसाउनुहुन्छ भनेर म डराउनु हुँदैन । बुवाआमालाई आफ्नो पक्षमा पार्ने काम आफैँले गर्नु पर्छ, यो कामका लागि अरूको सहयोग लियो भने कुरा झन भाँडिन्छ भनेर भरखरै प्रेमविवाह गरेकी गाउँले दिदीले भनेको पनि उनलाई सम्झना भयो । म यो काम गरेर नै छोड्छु– उनले दृढ निश्चय गरिन् । निर्णय आफ्नो पक्षमा पार्न के कस्तो रणनीति अपनाउन सकिन्छ सोच्न थालिन् उनी । बसले पुल पार गर्दै गर्दा इन्द्रावती नदीले आफू बग्ने बाटो आफैँ बनाएको स्पष्ट देखिन् उनले । 

बसबाट ओर्लिएर आफ्नो गाउँतिर जाने गोरेटोमा हिँड्न थालिन् आर्या । शान्त तलाउमा ढुङ्गा खस्दा पानीको सतहमा तरङ्ग दौडिए जस्तै उनका मनमा विविध विचार आउँदै जाँदै गरिरहे । उनको विवाह गर्न बुवाआमा हतारिनुको कारण के होला ? सम्भावित तीन कारण देखापरे उनको मानसपटलमा । पहिलो, छोरीले धेरै पढेपछि केटा पनि धेरै पढेको खोज्नु पर्छ जुन हाम्रो जस्तो परिवारका लागि सहज छैन । दुई, चिनेजानेका आफन्तमार्फत आएको विवाहको प्रस्ताव नमान्दा पछि साह्रो–गाह्रो पर्दा सहयोग नपाएर एक्लिने डर । तीन, उमेर पुगेकी छोरीले आफ्ना खुसीले केटो छानेर कथंकथाचित टाप कसी भने समाजमा बदनाम हुने डर । उनले जति नै सोचे पनि यिनै तीन प्रसङ्गबाहेक अरू नयाँ कुरा उनको दिमागमा सुझेन । यिनै तीन कुरालाई उनले गहिरिएर सोच्दा के देखाप¥यो भने उनका बुवाआमा बेकारमा नै टाउको दुखाउँदै छन । विवाहपश्चात् सुखदुःख, राम्रो नराम्रो जे भए पनि भोग्ने त उनले नै हो । त्यसैले विवाहका लागि केटो छान्ने काम नितान्त उनको हो, अरूले त सल्लाह दिने मात्र हो । चट्टानको सानो चिराभित्रबाट उम्रिएर फस्टाएको पिपलको रुख झैँ वैचारिक तवरले निश्चिन्त भएर उनी साँझमा घर पुगिन् ।

“हाम्रा पण्डितबाले राम्रो चिनेजानेका कुटुम्ब आएका छन् । केटाले पनि एमए पास गरेर एउटा एनजिओमा जागिर खाँदै रहेछन् । सहरमा घर छ । केटा एक्लो छोरा र उनकी एक जना बहिनी, जसको अर्को हप्ता विवाहको कुरा छिन्ने योजना रहेछ । देवर, जेठाजु, आमाजु कोही पनि नहुने घर चलाउन तँलाई सहज हुन्छ । त्यसैले तँलाई बोलाएको,” आमाले आर्याको कपाल मुसार्दै भन्नुभयो ।

“हामीले सोचविचार गरेर तेरो भलाइका लागि नै यो नाता तय गर्न लागेको हो । नचिनेको र नजानेको ठाउँमा नाता गास्न गाह्रो छ । अचेल सम्बन्ध विच्छेदका केसहरू पनि बढिरहेको जतासुकै सुनिन्छ । त्यसैले अरू बेलाको जस्तो मसँग नरिसाउनू । केटासँग केही कुराकानी गर्ने भए आफ्ना कुरा त भन्दा भइहाल्छ । उनीहरू छोटोछरितो विवाह गर्न पनि राजी छन्,” बुवाले भन्नुभयो । 

“ठिक छ त । उहाँहरूसँग कुराकानी गरौला । मलाई केटो मन पर्यो र मेरो भविष्य सुनिश्चित देखियो भने म पनि खुसि नै हुन्छु“, आर्याले भनिन् । शहरको केटा किन केटी माग्न चै गाउ आएको होला भन्ने प्रश्न उनको मनमा थियो तर उनले यो कुरा बुवाआमालाई नभनेर आफँै पत्ता लगाउने विचार गरिन् । 

राति आर्यालाई निन्द्रा परेन । साँझ बुवाले “सम्बन्ध विच्छेदका केस बढिरहेका छन्” भनेको कुरा झट्ट स्मरण भयो उनलाई । त्यस्तो किन भइरहेको छ ? के थाहा भोलि आफैँले भोग्नुपर्ने पो हो कि ! उनले ल्यापटप खोलिन् र वेबसाइटमा गएर मुलुकी देवानी संहिता, २०७४ को भाग ३ पारिवारिक कानुन (विवाह र सम्बन्ध विच्छेदसम्बन्धी) गहिरिएर पढिन् । तत्पश्चात नेपालमा सम्बन्ध विच्छेदका केस बढ्नुका कारण गुगलमा खोज्न थालिन् । त्यसो हुनुका मुख्य कारण मोटामोटी यस्ता रहेछन्– केटाको शारीरिक दुर्बलता; केटा वा केटीमध्ये एक जना तेस्रो लिङ्गी भएको; केटाले अंश लिइसकेको कुरा केटीलाई विवाहपूर्व नै नसुनाएको; केटीको क्षमता, प्रगति, रूप, गुण, स्वभावको सम्मान नगरिनु; केटो लागुऔषधको दुव्र्यसनी हुनु; पूर्व प्रेमी÷प्रेमिकासँग विवाहपश्चात पनि सम्बन्ध कायम राख्नु वा नयाँ प्रेमी÷प्रेमिका बनाउनु; सन्तान जन्माउने कुरामा एक मत नहुनु; केटीले आफ्ना बुवाआमालाई छोडेर टाढाको अर्को सहरमा वा विदेशमा बसाइँ सराइ गर्न नमान्नु । यी सत्यतथ्यको कडीमा केटाकेटीको यथार्थता थाहा नपाईकन विवाह गर्नु भनेको मूर्खता हो भन्ने निष्कर्षमा आर्या पुगिन् । फेरि यी यस्ता सूचना हुन् जुन थाहा पाउन केटा र केटीका बिचमा नै लामो सङ्गत हुनु पर्छ । देखादेख वा एक दुई चोटिको भेटघाटबाट यी कुराको निक्र्यौल हुनै सक्तैन । यो महìवपूर्ण ज्ञान प्राप्त गरेकामा आर्या दङ्ग परिन् । यो ज्ञानले भोलिको भेटघाटलाई तार्किक निष्कर्षमा पु¥याउन सक्ने विश्वास लाग्यो उनलाई । उनले कोठाको झ्याल खोलिन्, बाहिर झलमल्ल जुन लागिरहेका थिए ।

भोलिपल्ट दिउँसो २ बजे कुटुम्ब आइपुगे । उनीहरू निहाल (केटा) सहित पाँच जना थिए (केटाका बुवाआमा, बहिनी र पण्डित बा) । यतापट्टि आर्या, र आर्याका बुवाआमा । आर्याको भाइ स्कुल गएको हुनाले त्यहाँ थिएन । आर्या स्वयंले पाहुनाहरूलाई खाजा चिया प्रस्तुत् गरिन् । आर्याको हसिलो मुहार र चिटिक्क परेको व्यक्तित्वले पाहुनाहरूलाई मक्ख पा¥यो । 

“आज आर्यालाई देखेपछि बाँस्कोटा परिवार (निहालको परिवार) खनाल परिवार (आर्याको परिवार) सँग नाता जोड्न इच्छुक छ । आर्याको बुवासँग त हाम्रो पहिला पनि कुरा भएकै हो । अब राय बुझ्नुपर्ने भनेको आर्याको हो । आर्या र निहाल एक आपसमा केही सोधखोज, बोलिचाली गर्ने हँुदा अब उनीहरूलाई समय दिने हो कि ?” चियापानपश्चात निहालका बुवाको इसारामा पण्डित बाले कुरा उठाए ।

“मेरा तर्फबाट त सोधखोज गर्नुपर्ने केही छैन । म सबै दृष्टिकोणले यो नाता जोड्न तयार छु । आर्यालाई केही कुरा गर्नु छ भने गरौँ,” आर्यातिर हेर्दै निहालले भन्यो । सबै जनाको आँखा आर्यातिर तेर्सिए ।

आर्या मुस्कुराइन र बोल्न थालिन् ।

म त घरकी आज्ञाकारी छोरी । त्यसैले बुवाआमाको निर्णय सधैँ शिरोपर गर्ने मेरो बानी नै भइसकेको छ । तथापि विवाहले हामी दुई जनालाई वा हाम्रो दुई परिवारलाई मात्र नजोडेर दुवै परिवारका नातागोता–इष्टमित्र सबैलाई जोड्दो रहेछ । फेरि विवाह गर्नु भनेको आफ्ना रहर, सपना, योजना इत्यादीलाई त्याग्नु पनि त होइन । त्यसैले यहाँहरूले आज्ञा दिनहुन्छ भने म केही कुरा राख्न चाहन्छु ।

“स्पष्ट बक्ता सुखी भवेत” भनिन्छ । त्यसैले तिम्रो मनमा जे पनि छ निस्फिव्रmीसँग भन । हामीले पनि यस्तै सहज वातावरणमा कुरा गर्न चाहेको,” निहालका बुवाले भन्नुभयो । 

आर्याले एक चोटि सबैतिर हेरिन् । अनुहारमा झरेका केशराशिलाई कान पछाडि लगेर सम्हालिन् र बोल्न थालिन् ।

याहाँहरूले हामीसँग नाता जोड्ने कुरा लिएर आउँदा मलाई औधी खुसी लागेको छ तर यहाँहरूले मलाई कसरी बुझ्नुभएको छ म अनभिज्ञ छु । यहाँहरूसँग यसअधि मेरो कहिल्यै बोलचाल वा भेटघाट पनि भएको छैन । अरूले दिएको सूचनाका भरमा नाता जोड्नुभन्दा आआफ्ना कुरा यस्तो भेटघाटमा राखेर निर्णयमा पुग्दा सर्वश्रेष्ठ हुन्छ । त्यसैले म मेराबारेमा यहाँहरूलाई बताउँछु ।

मेरो स्नातक चौथो वर्षको परीक्षा चलिरहेको छ । विगत तीन वर्षको नतिजाको आधारमा म सर्वोत्कृष्ट दस विद्यार्थीभित्र पर्छु । विज्ञान पढ्नुको महìव र आनन्द बल्ल स्पष्ट हुँदै छ । त्यसैले भू–विज्ञानमा विज्ञानाचार्यको उपाधि लिने तीव्र इच्छा छ मलाई । त्यसपछि मेरा लागि धेरै अवसर प्राप्त हुने छन् । यहाँहरूलाई पनि थाहा भएकै कुरा हो हाम्रो संविधानले विभिन्न निकायमा महिला सहभागिताको लागि ३३ प्रतिशत भाग छुट्याएको छ । सरकारी तथा अर्धसरकारी सेवामा पनि महिलाका लागि निश्चित सिट सुरक्षित गरिएको छ । विदेशका विभिन्न विश्वविद्यालयहरूले पनि हाम्रो जस्तो अविकशित देशका महिला विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहनका लागि विशेष प्रकारका छात्रवृत्तिहरूको व्यवस्था गरेको छ । राज्यले कानुन नै बनाएर दिएका यस्ता मौकाहरूको सदुपयोग गर्दै म देश सेवाको निम्ति नेपाल सरकारको निजामती सेवामा प्रवेश गर्न चाहन्छु । यसमा यहाँहरूको के धारणा छ ? कुटुम्बतिर हेरेर आर्याले सोधिन् ।

आर्याको अनपेक्षित प्रश्नले निहालको परिवार अल्मलियो । उनीहरूले आपसमा हेराहेर गरे ।

“तिम्रो योजना ठिक छ आर्या । विवाहपश्चात पनि तिमीले पढाइ जारी राख्दा हुन्छ । हाम्रो सहयोग रहन्छ तिमीलाई । अरू पनि केही कुरा छन् भने भन,” निहालका बुवाले भन्नुभयो । तर त्यसो भन्दै गर्दा उहाँको अनुहार मलिन भएको तथ्य आर्याको आँखामा छिपेन । 

“धन्यवाद । अरू पनि केही कुरा म भन्न चाहान्छु,” आर्याले आफ्नो भनाइलाई अगाडि बढाइन् ।

भाइ र मलाई पढाउने व्रmममा बुवाआमाको उमेर पनि ढल्कियो कमाइ पनि सकियो । घुमघाम, धर्मकर्म इत्यादी केही पनि गर्न पाउनुभएन । उहाँहरूको यो समर्पण नभएको भए हाम्रो भविष्यको गोरेटो यसरी कोरिने नै थिएन । त्यसैले विज्ञानाचार्यको उपाधि प्राप्त गर्ने समारोहमा (स्वदेश विदेश जहाँ भए पनि) बुवाआमालाई साथै लगेर दीक्षान्त समारोहमा लाउने पोसाक लगाएर फोटो खिच्न मन छ । त्यसपछि म मेरै पौरखले बुवाआमालाई देशका धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण गराउँछु अर्थात् विवाहित भएर पनि म मेरा मातापिताको सेवामा सदासर्वदा तत्पर रहन्छु । त्यो मेरो परम कर्तव्य हुने छ । यो कुरालाई लिएर यहाँहरूको नाराजी केही छ कि ?

“तिम्रो सोच उत्तम छ आर्या । हाम्रो छोराका पनि त्यस्तै योजना होलान् । मिले सँगै यात्रा गरौँला । नमिले पनि तिमी आफ्नो योजना अनुसार अगाडि बढ्न पाउँछ्यौ । हाम्रो पूर्ण सहयोग हुनेछ,” निहालको आमाले भन्नुभयो । आर्याका निष्कपट र निश्चल कुरा सुनेर निहालको परिवार तीन छक्क प-यो । 

“हजुरलाई धेरै धन्यवाद । अब म केही निजी कुरा सुनाउँछु”, आर्या बोल्न थालिन् । 

व्यास ऋषिले भन्नुभएको श्लोक “परोपकार पुण्यायः पापाय परपिडनम” मेरो जीवन र जगत् धान्ने सूत्र हो अर्थात् म आस्तिक हुँ र सात्विक जीवन अवलम्बन गर्छु । मेरो यो जीवन पद्धति यहाँहरूलाई स्विकार्य÷अस्विकार्य के होला ?

आर्याको प्रश्न सुनेर निहालको परिवार अप्ठ्यारोमा प¥यो । निहाल केही भन्न खोज्दै थियो तर आमाले उसलाई रोकेर आफैँ बोल्नुभयो, “तिम्रो र मेरो स्वभाव त ठ्याक्कै मिल्दो रहेछ । यति राम्रो शील स्वभाव भएकी बुहारी पाउनु हाम्रो अहोभाग्य हुने छ । तिमी र म मिलेपछि अरूलाई त विस्तारै ठेगानमा ल्याउन सकिन्छ । चिन्ता नगर । यो काम मेरो जिम्मा भयो ।” 

खासमा निहाल लागुपदार्थ सेवनमा फसेको वा मद्यपान र धूमपानको बानीमा रहे नरहेको यकिन गर्न चहान्थिन् आर्या । त्यसैले आमाको जवाफ आर्याका लागि सन्तोषजनक थिएन तर आर्याको प्रश्नले निहालको हाउभाउमा आएको बेचैनी बुझ्न उनलाई गाह्रो परेन । त्यसैले सवालजबाफ गर्नुभन्दा पनि अरू महìवपूर्ण कुरा गर्नु उचित लाग्यो उनलाई । 

“त्यसो भए अर्को एउटा कुरा गरौँ,” आर्या बोल्न थालिन् । विवाहपश्चात खर्चबर्च अभिभावकसँग माग्न त मिलेन । मेरो त अहिले केही इलम पनि छैन । निहालको एनजिओको जागिर दिगो नहुन पनि सक्छ । त्यसैले खर्चबर्चको व्यवस्थापन कसरी गर्ने म निहालको धारणा बुझ्न चाहान्छु । आर्याले निहालका आँखामा आँखा जुधाउँदै आफ्नो भनाइ टुङ्ग्याइन् । 

कोठामा केही बेर स्तब्धता छायो ।

“हामी बुवाआमा छँदै छौँ नि । तिमीहरू स्वावलम्बन नबनेसम्म हामीले सहयोग गर्छौं । तिमीहरूवाहेक हाम्रो को नै छ र ! त्यसैले खर्चबर्चको बारेमा अहिले चिन्ता नगर,”  निहालकी आमाले भन्नुभयो । 

यस्तो कुरा सुन्नलाई मिठो हुन्छ तर पछि व्यवहारमा योभन्दा तितो अरू केही हँुदैन भन्ने ज्ञान अग्रज दिदीहरूमार्फत आर्याले बुझेकी थिइन् । फेरि निहाल आफैँ नबोलेपछि आर्यालाई सम्भावित भविष्यको लख काट्न गाह्रो भएन । त्यसलै प्रसङ्ग बदल्दै उनले भनिन्– त्यसो हो भने ठिकै छ । मेरो अर्को एउटा सरोकारको विषय छ । तपाईंहरू सबैलाई मुलुकी देवानी संहिता, २०७४ को भाग ३ परिच्छेद १ दफा ७१ (२) (क) र (ख) अहिले नै पढ्न अनुरोध गर्छु । साथै विवाहपश्चातका केही दिनभित्रै मैले यो कानुनी प्रावधान व्रिmयाशील हुने देखेँ भने मैले के गर्ने  ? मेरो भविष्यको जबाफदेही कसले लिने ? यी प्रश्नहरूको जबाफ चाहान्छु म । 

सबैले आआफ्नो मोबाइल फोनमा डेटा अन गरे र वेबसाइटमा गएर उक्त कानुनी प्रावधान पढे । त्यहाँ निको नहुने कडा रोग लागेको वा यौनाङ्ग नभएको वा नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको व्यक्तिसँग झुक्क्याई विवाह गराएमा त्यस्तो विवाह बदर हुन सक्ने र क्षतिपूर्ति पनि तिर्नुपर्ने कुरा लेखिएको थियो । कोठामा मलामी–गाम्भीर्यता छायो । केटाका परिवारलाई “हरिणको सिकार गर्न हिँडेको तर बघिनीको मुखमा परेको”  जस्तो महसुस भयो । यो प्रसङ्गलाई कसरी टुङ्ग्याउने भन्नेमा सबै रणभुल्लमा परे ।

यस्तैमा निहालकी बहिनी आफ्नो ठाउँबाट जुरुक्क उठिन् र आर्यासँगै गएर बसिन् । अब सबैको आँखा यी दुई युवतीमा गएर अडिए ।

अलिक डराएको स्वरमा तर स्पष्ट निर्णायक मुडमा निहालकी बहिनीले मनको पोयो खोलिन्, “यो विवाहको कुरालाई आज निर्णयमा पु¥याउन सकिँदैन । आर्या र निहाल दाइको मात्र होइन मेरो कुरा छिन्न तय गरिएको कार्यव्रmम पनि अब हुँदैन । आर्यालाई हार्दिक धन्यवाद छ । किनकि यिनले मेरो पनि आँखा खोलिदिएकी छिन् । मेरा मनमा पनि यस्ता कुरा थिए तर आमाबुवाको अगाडि बोल्ने मैले साहस नै जुटाउन सकिनँ तर आज यही मौकामा भन्छु केटा वा केटी कानुन अनुरूप विवाहका लागि योग्य भए नभएको निर्णय अभिभावकले गर्न हुँदैन, निर्णय गर्ने कतिपय आधारहरू नै अभिभावकसँग हुँदैनन् । उहाँहरू अन्दाज गर्नुहुन्छ जुन सत्य नहुन सक्छ । विवाहको निर्णय केटा र केटी दुवैले कसैको करकाप, लोभलाभ, फकाइफुल्याई केहीमा पनि नपरी स्वइच्छाले गर्नु भनेर त कानुनले अधिकार नै दिएको छ । हामी आर्थिक र प्राज्ञिक रूपले स्वावलम्बन भएपछि मात्र यो अधिकार प्रयोग गर्न सक्छौँ । त्यसैले अभिभावकले हामीलाई पढ्न र पढाइ अनुरूपको पेसामा संलग्न हुन सहयोग गर्नु पर्छ । तत्पश्चात, केटाकेटी स्वयंले विवाह गर्ने निर्णय गरेपछि मात्र अभिभावकको भूमिका आवश्यक पर्छ । धन्यवाद आर्या आज तिमीले मेरो भविष्य सुरक्षित गरिदियौ ।” उनले सलले आफ्नो मुख छोपिन् र घुँडामाथि शिर राखेर सुक्सुकाउन थालिन् । यो अकल्पनीय परिस्थिति सिर्जना भएकोमा बाँस्कोटा परिवार निस्तब्ध भयो । 

आर्याको कुरा सुनेर उनका बुवा पनि चकित परे । आफ्नी छोरीमा भएको ज्ञान, स्वभाव र तार्किक क्षमताका बारेमा उनी पूरै अनभिज्ञ रहेछन् । त्यसो त उनले कहिल्यै पनि छोरीसँग बसेर छोरीको रहर र सपनाका बारेमा कुरा सुन्ने, राम्रा कुरामा हौसला दिने, सुधार्नुपर्ने कुरामा सल्लाह दिने जस्ता काम कहिल्यै गरेनन् । उनका लागि छोरी “पराई घरकी पाहुना” जस्तो मात्र थिइन् तर आज उनका पनि आँखा खुले । परीक्षा चलिरहेको अवस्थामा छोरीलाई अनावश्यक बाधा पारेको उनलाई स्पष्ट महसुस भयो । 

त्यहाँ छाएको मुर्दा–शान्तिलाई भङ्ग गर्दै पण्डित बा बोल्न थाल्नुभयो, “यो विवाहको लमी म भएको कारणले पनि मैले बोल्नै पर्ने भयो । म निकै ठाउँमा विवाहको मगनी वा कुरा छिन्न गएको छु तर आज बल्ल थाहा भयो मैले दिएको सूचना कथमकदाचित गल्ती प्रमाणित भयो भने त म (लमी) नै जेल जानुपर्ने रहेछ । दुवै छोरीहरूको कुरा जायज लाग्यो मलाई पनि । त्यसैले आज कुरा छिन्ने काम नगरौँ । आर्या र निहाल अब एकआपसमा परिचित भए । आर्याले उठाएका सवालहरूलाई सम्बोधन गर्ने काम पनि उनीहरूकै हो । पछि उनीहरूलाई नाता जोड्न रहर लागेछ भने अभिभावकलाई भन्लान् अनि हामी भेला हौँला । आजलाई बिदावारी होऔँ । यो मेरो प्रस्ताव ठिक छ भने सबैले ताली बजाऊँ ।”

तालीको आवाज सँगसँगै सिकुवाको दलिनमा रहेको गुँडबाट दुइटा गौथली फुत्त बाहिर निक्लिएर हावामा कावा खाँदै उड्न थाले !  मधुपर्क