• ११ असोज २०८१, शुक्रबार

संविधान दिवस विशेष समारोहका आकर्षक झलक (फोटो फिचर)

blog

सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहमा सहभागी हुनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर: केशब गुरुङ

काठमाडौँ, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरेको छ। 

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।  

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गर्नुका साथै उपत्यकाको विभिन्न नगरपालिकाद्वारा झाँकी र्‍याली प्रस्तुत गरिएको थियो । साथै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। 

संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय  दिवसका रुपमा मनाइन्छ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।