अमरराज नहर्की
तनहुँ, भदौ २७ गते । तनहुँमा रुखले च्यापिएर बिहीबार एक जनाको मृत्यु भएको छ ।
भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै सिसौ घारीमा रूख काटी डोरीले तान्ने क्रममा च्यापिएर ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
रायका अनुसार भिमाद नगरपालिका–६ मालेबगर बस्ने कुमाललाई रुखले च्यापिएपछि आइतबार बिहान घाइते हुनुभएको थियो । घाइते उहाँको प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारकै क्रममा मृत्यु भएको हो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।