• २७ पुस २०८१, शनिबार

विकास निर्माणको काम गुणस्तरहीन गर्नेलाई छाड्दैनौ : मुख्यमन्त्री आचार्य

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ।

गणेश खनाल

अर्घाखाँची, भदौ २१ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास निर्माणको गुणस्तर कायम  सरोकारवाललाई निर्देशन दिनुभयो।

मालारानी गाउँपालिका अर्घाखाँचीले शुक्रबार आयोजना गरेको बधाई स्वागत तथा भेटघाट कार्यक्रम बोल्दै मुख्यमन्त्री आचार्यले समयमै काम नसक्ने तथा गुणस्तरहीन काम गर्नेलाई सरकारले नछाड्ने बताउनुभयो।

मुख्यमन्त्री आचार्यले लुम्बिनी सरकार सुशासन कायम गर्दै अब्बल बन्ने दाबी गर्दै त्यसको सुरुवात मुख्यमन्त्री र मन्त्रीको आचारसंहिता लागू गरेर सुरु गरिएको बताउनुभयो। विगतमा विशिष्ट व्यक्तिले पदबाट हटेपछि पनि सरकारबाट ल्याउने सबै खाले सुविधा कटौती गरेर प्रदेश सरकारलाई आर्थिक भारबाट मुक्त गरिएको बताउनुभयो।

पूर्व आर्थिक योजना मन्त्री समेत रहनुभएका मुख्यमन्त्री आर्चायले अघिल्लो सरकारले ल्याएको बजेटमा पूरक बजेट नआउने बताउँदै पूर्ण कार्यान्वयन गर्न सरकार लागि परेको बताउनुभयो। सुरुवात भएका योजनालाई सम्पन्न गर्ने गरी सरकारले योजना बनाइरहेको धारण राख्नुभयो।

मुख्यमन्त्री आचार्यले ठेकदारले काम गरेर पैसा नपाएको गुनासो बारे आफू जानकार रहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशमा त्यो समस्या हल गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।