• १६ भदौ २०८१, आइतबार

करेन्ट लागेर वृद्धाको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, भदौ १२ गते। कैलालीमा करेन्ट लागेर घाइते वृद्धाको उपचारको क्रममा ज्यान गएको छ।

 धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरमा पानी तान्ने मोटरबाट आज वृद्धालाई करेन्ट लागेको थियो। 

करेन्ट लागेर घाइते भएकी वृद्धाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो।