• १६ भदौ २०८१, आइतबार

पूर्व प्रधानमन्त्री प्रचण्ड धनगढीमा : परामर्श बैठक सुरु

blog

धनगढी परामर्श बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पदाधिकारी । तस्बिर : प्रचण्डको निजी सचिवालय

अविनाश चौधरी

धनगढी, भदौ १२ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा -माओवादी केन्द्र_ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुग्नुभएको छ । 

उहाँ बुधबार बिहान बुद्ध एयरको जहाजमा धनगढी आइपुग्नु भएको हो । अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन धनगढी आउनुभएको हो ।

उहाँ बुधबार र बिहीबार हुने माओवादी केन्द्रको परामर्श बैठकमा सहभागी हुनुहुनेछ। 

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेतासँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक धनगढीमा सुरु गरिएको हो । 

जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न भइसकेको छ । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीको परामर्श लिने गर्नुभएको छ । 

प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित रुपमा जनतामा जाने माओवादीको तयारी छ।